'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: 2013

Thursday, December 19, 2013

हरेक रात उनी सँगै रहने त्यो निदरी झै हुन पाए ।

त्यो डाँली फेर्दै नाच्ने चरी झै हुन पाए ।
उनको अंग अंग चुम्न पाउने झरी झै हुन पाए ।

बल्ल जिबनमा खुसीको उदय हुने थियो ।
हरेक रात उनी सँगै रहने त्यो निदरी झै हुन पाए ।

#bidur

Sunday, September 1, 2013

भिनाजु पल्केर

खै किन भुक्यो गाउको कुकुर बरिलै भानाजु पल्केर छ न त त्यति मै राम्री छैन बरिलै जवानी झल्केर ...
to play clik link
https://www.youtube.com/watch?v=S-0jBsaZuOw

Friday, August 23, 2013

स्मार्टफोन यसरी सफा गरौं


स्मार्टफोन, आमबात बनिसकेको छ युवा पुस्ताका लागि। चाहेको सफ्टवेयर राख्न सकिने अनि त्यसमा पनि विभिन्न अनौठा सुविधा हुन थालेपछि युवा वर्गमा यसको क्रेज निक्कै बढिरहेको छ। यतिखेर सबै स्मार्ट फोन औंलाले छोएर चल्ने बनेका छन्। स्मार्ट फोन स्क्रिनटच पनि नभए त कसरी पो स्मार्ट हुने? त्यसैले सबै जसो स्मार्टफोन टचस्क्रिन नै छन्। मोबाइल फोन मात्र होइन दैनिक प्रयोगको साधन बनेको ट्याब्लेट र टीभी पनि टचस्क्रिन बन्न थालेका छन्। जसले विस्तारै किबोर्ड चलाउन पनि बिर्सने होला जस्तो हुन लागिसकेको छ। टचस्क्रिन मोबाइलका डिस्प्लेमा जति सजिलै औंला रिंगाएर अक्षर तथा अंका टाइप गर्न सकिन्छ त्यति नै यसमा दाग पनि लाग्छ। त्यसो त यो फोहोर पनि हुन्छ। त्यसैले यसको प्रयोगले बनाएको सजिलोलाई मनन गर्दै यसको सुरक्षा र सफाइमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ। यदी काम गरिरहेको वा हात फोहर भएको समयमा मोबाइल चलाएको खण्डमा त्यसमा सामानय फोहर लाग्नु त सामान्य हो। तर यसले फोनलाई भने कुरुप नै पार्छ। स्क्रिनमा लागेको दाग सामान्य खालको भए छ पुछेर सफा गर्न सकिन्छ तर फोहर र कोरिने खालको नै अवस्था आयो भने त त्यसलाई नदेखिने बनाउन निक्कै धामा हुन्छ। स्मार्टफोन जत्ति नै स्मार्ट भएपनि यदी त्यसको स्क्रिनमा फोहर वा धब्बा लागेको छ भने त्यसले सही ढंगमा काम गर्न सक्दैन।
त्यसैले जरुरी छ स्मार्टफोनको स्क्रिनलाई सफा र दुरुस्त राख्नु। समय समयमा यसको स्क्रिनमा लागेको दाग धब्बा साथै औंलाका डामहरुलाई हटाउनु पर्छ। काम गर्दा वा गोजीमा राखेको अवस्थामा पनि हातमा पसिना उत्पन्न भएको हुनसक्छ। त्यसमा पनि नेपालमा धेरै नै धुलोको समस्या छ। जसका कारण मोबाइल र त्यसको स्क्रिन फोहर लाग्नबाट जोगिन पनि सकेको हुँदैन। त्यसैले स्मार्टफोन बोक्नेहरुले समय समयमा यसको स्क्रिन सफा भने गरिरहनुपर्छ। त्यसका लागि निम्न विधि अपनाउन सकिन्छ।
माइक्रोफाइबरको कपडा
स्मार्टफोन बोक्नेहरुले आफ्नो साथमा सदैव माइक्रोफाइबरको कपडा राख्नुपर्छ। जसले मोबाइलको स्क्रिन सफा गर्दा स्क्रिनमा धब्बा वा कोरिने समस्या हुँदैन। किनभने यो कपडा निक्कै नै मुलायम हुन्छ। मोबाइल किनिसकेपछि त्यसको स्क्रिनमा स्क्रिन गार्ड टाँस्दा खेरी नै पसलेसँग यसखालको कपडा माग्न सक्नुहुन्छ। यो खालको कपडा चश्मा सफा गर्नका लागि पनि प्रयोग हुन्छ किनभने यसमा सामान्य कपडामा भन्दा मुलायम रेशाहरु हुन्छन्।
 स्क्रिनलाई नदबाउने
तपाँइको स्मार्टफोन स्क्रिनमा छोएर चल्छ। मतलब स्क्रिनमा छुनासाथ त्यहाँ देखिएको एप्लिकेसन खुल्छ। यसले के जनाउँछ भने स्क्रिनमा विशेष खालको उपकरण जोडिएको छ जसले छुनासाथ काम गर्छ। त्यसो भएकाले तपाइँले मोबाइल सफा गर्दा त्यसको स्क्रिनमा दबाब पर्ने गरि हात चलाउनु हुँदैन। कुनै धब्बा वा दाग सहजै नगएको खण्डमा त्यसलाई सफा गर्नका लागि कपडा रगड्नु भन्दा पनि बजारमा पाइने स्प्रिट जस्ता रसायनिक झोलहरु प्रयोग गर्नुपर्छ। जसले सहजै धब्बा र टाँसिएर रहेका फोहरहरु हटाउन सकिन्छ।
गोलाकार चलाउनुस् हात
स्क्रिनको सफाइ गरिरहँदा तपाइँको हातको चाल गोलाकार हुनुपर्दछ। स्क्रिनलाई तलबाट माथि वा माथिबाट तल गरेर सफा गर्दा स्क्रिन सफा गर्नका लागि प्रयोग गरेको तरल पदार्थ भित्र छिर्न सक्दछ। त्यसैले कपडा हलुकासँग स्क्रिनमा गोलाकार चालमा सफा गर्नुपर्दछ।

गुगलले किन विन्डोज फोनमा युट्युब एप ब्लक गर्‍यो?


न्योयोर्क- विन्डोज फोनको युट्युव एपको विषयमा गुगल र माइक्रोसफ्टबीच विवाद चुलिएको छ। सेवा सर्तको उल्लङ्घन गरेको बताउँदै गूगलले विन्डोज फोनमा युटयुव एप ब्लक गरेपछि विवाद बढेको हो। गुगलले माइक्रोसफटसँग यो एपको लागि 'एचटीएमएल फाइभ' कोड भाषाको प्रयोग गर्ने बताको थियो। तर पछि माइक्रोसफ्टले यो सर्त पूरा गरेन।
माइक्रोसफ्टले भने जानीजानी गुगलले विन्डोज फोनमा एप ब्लक गरेको आरोप लगाएको छ। 'द लिमिट्स अफ गुगल ओपननेस' अर्थात 'गुगलको खुलापनको सीमा' शीर्षकको ब्लग पोष्टमा माइक्रोसफ्टका वकील डेविड हावर्डले युटुव सेवा पुन सुरु गर्न आग्रह गरेका छन्।

डेविड हावर्डले गुगलको आपत्ति नमिल्दो भएको बताए। 'गुगलले सेवा बन्द गर्ने निर्णय जानिजानी गरेको हो ताकी हाम्रा उपभोक्ता अन्य तर्फ जाउन' हावर्डले लेखेका छन्- 'गुगललाई यो थहा छ कि हामी यो समस्या सुल्झाउन सक्दैनौ।'

युटुवका सबै फिचर्सको लागी माइक्रोसफ्टले ब्राउजर अपग्रेड नगरेको गुगलले बताएको छ। अपग्रेड नगरी युटुव एप दोस्रो पटक रिलिज गर्नु सेवा सर्तको उल्लंघन भएको गुगलको दाबी छ।

Thursday, August 22, 2013

बेमौसमी गाइजात्रा


तपाइलाई जस्तै मलाई पनि बडो चिन्ता लागेको छ क्या हजुर, पार्टीको पदले मात्र हुन्छ र ? नेता हुन पाए के के न गर्छु भन्ने चिन्ता कार्यकर्तालाइ, सभासद हुन पाए हुन्थ्यो भन्ने चिन्ता नेताहरुलाइ, मन्त्री हुन पाए त भन्ने चिन्ता सभासदलाइ, माल आउने मन्त्रालय नपाए के मन्त्री हुनु भन्ने पिर मन्त्री हुनेवालालाइ। मन्त्री त भइयो, फेरी उपप्रधानमन्त्री हुन पाए हुन्थ्यो भन्ने चिन्ता मन्त्रीलाइ, मन्त्रीको जागिर फुस्केको भोलिपल्टबाट प्रधान्मन्त्री हुन पाए के के न लछारुंला भन्ने चिन्ता भुतपूर्व मन्त्रीलाइ । कालले थुतेर लाने बेलामा पनि कुर्सिको चिन्ताले कहिल्यै नछोडेपछि नेपाली नेताहरुलाइ माथि लानु अघि कालले पनि एकचोटि स्वर्ग, नर्कमा मिटिङ् राखेर ल्याउ कि नल्याउ भनी सोध्छ रे । सरकारैपिच्छे देशमा नयां नयां मन्त्रालय बन्दैछन्स् शान्ति मन्त्रालय बनेको यत्रो बर्ष भयो, झन अशान्ति छाएको छायै छ । पदको लागि सधै किचलो भएको छ । अब मन्त्री हुन राजनीति गर्ने  नेताहरुलाइ यसरी मन्त्री पद र मन्त्रालय विभाजन गरे संविधान पनि चाडै बन्ने थियो कि ? नयां मन्त्रालयको लागि मेरो सुझाव :
१) साल सिसौ फांडी वनमारा लगाउनेलाइ वन मन्त्रालय
२) बन्दुक चलाउंदा चलाउदै टिकट पाइ राजनीतिमा छिराइएकालाइ गृह मन्त्रालय
३) बाख्रा चोर्ने र गैंडा मार्नेलाइ जिवजन्तु जोगाउ मन्त्रालय
४) ५ कक्षा पढेको बिद्वानलाइ शिक्षा मन्त्रालय
५) लुरे र जोइटिङ्रेलाइ रक्षा मन्त्रालय
७) अन्य चाहि साविककै मन्त्रालय हुनेछन् ।
बांकीलाइ ;
क) कमिशन मन्त्रालय
ख) आलिशन मन्त्रालय
ग) मिशन मन्त्रालय
घ) रासन मन्त्रालय स् पुलिस र सेनाको बेग्लै
ङ) कर्णाली रासन तथा भाषण मन्त्रालय
च) १ शताब्दिपछिको मेची टू महाकाली रेल योजना मन्त्रालय
छ) काठमाण्डु-मेलम्ची(९,जम्मा ४२ किमि) पिउने पानीको लागि छुट्टै काठमाण्डु काकाकुल मन्त्रालय

यति गर्दा नि भाग नपुगे :
क) जुठेल्ना मन्त्रालय
ख) शौचालय मन्त्रालय
ग) पिंढि तथा आंगन सरसफाइ मन्त्रलय
घ) मझेरी तथा ताप्के कराइ मन्त्रालय
ङ) पेट्रोल, डिजेल र मट्टितेललाइ छुट्यार तीन वटा मन्त्रालय उमार्न सकिन्छ ।
च) लाखौंको चियापान हुने हुंदा चियापान मन्त्रालय
छ) ठूला भन्नेको खुट्टा मोलेर राजनीति शुरु गरेकोलाइ झोले मन्त्रालय
ज) हिजो खोले खाएर राजनीति गरेको आज देशको माननिय भएकोलाइ खोले मन्त्रालय
झ) हिजो लोकल ठर्रा, आज विदेशी रक्सि खाने बानी परेकोलाइ एल। टी। मन्त्रालय
ञ) धाराको टुटी मन्त्रालय
ट) धाराको पाइप मन्त्रालय
ठ) खानेपानी मन्त्रालय
ड) पिउनेपानी मन्त्रालय
ढ) पिच बाटो टालटूल मन्त्रालय
ण) चटपटे बेच्दा बेच्दै नेता हुनेलाइ चटपटे मन्त्रालय
त) हिमालमा चौंरी भेडा पालेर नेता हुनेलाइ भेडा मन्त्रालय
थ) पहाडमा मास, मुसुरो, चना बेच्दा बेच्दै नेता हुनेलाइ गेडा मन्त्रालय
द) तराइमा मिठाइ बेच्दा बेच्दै नेता हुनेलाइ पेडा मन्त्रालय
ध) १०० बर्षपछि नेपालमै विमान उत्पादन गर्नको लागि विमान मन्त्रालय
न) इमान, धर्म, नैतिकता हुने नेता जतीलाइ इमान मन्त्रालय
देशको संविधानमा नलेखि नहुने मन्त्रालयहरु हुन् यी । माथीका बुंदाहरुमा सहमति गर्न दिल्लि, पाकिस्तान, पेरिस डांडां, बल्खु, महराजगन्ज र सिंहदरबार वा स्याल दरबार कतै नगै सिधै सहमती हुने आशा गरिएको छ । यतीका मन्त्रालयको निर्माणपछि हाम्रा नातीको पालामा त कसो नबन्ला र संबिधान ?  आज त रिलिज हुँदैछ हाम्रो संविधान बनाउनेहरुको बेमौसमी गाइजात्रा । । सबैलाइ चेतना भया । अस्तु ।

ल्याण्डलाइन् १० अंकको


छिटै आधारभूत तथा ल्याण्डलाइन फोन भएकाहरुले पनि मोबाइलको जस्तै १० अंकको नम्बर डायल गर्नुपर्ने भएको छ। नेपाल दूरसञ्चारप्राधिकरणको नयाँ नम्बरिङ योजना लागु भएपछि ल्याण्डलाइन भएकाहरुले छिट्टै नयाँ नम्बर पाउने छन्। नेपालको दूरसञ्चार सेवा नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बर परिवर्तन गर्ने जनाएको छ। सवै प्रकारका टेलिफोन नम्बरलाई समयानुकुल परिवर्तन साथै व्यवस्थित गर्नका लागि नयाँ राष्ट्रिय नम्बरिङ योजना ल्याइएको प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले बताए। नम्बरिङ योजनाको मस्यौंदा तयार पार्न गठन भएको समितिले सुझाव सहित प्रतिवेदन दिइसकेको जानकारी दिँदै उनले छलफल र अन्तरक्रियाबाट मस्यौंदालाई अन्तिम रूप दिएर चालु आर्थिक वर्षबाट नै लागु गर्ने योजना बनाएको बताए।
प्राधिकरणले तीन वर्ष देखि नयाँ नम्बरिङका लागि अभ्यास गर्दै आएको थियो। प्राधिकरणमा भएको राजनीतिक हस्तक्षेप र त्यसले निम्त्याएको परिणाम स्वरुप प्राधिकरण लामो समय देखी कामचलाउमा सिमित भएकाले नयाँ नम्बरको योजना अगाडि बढ्न सकिरहेको थिएन। यस पटक भने प्राविधिक समितिले मस्यौंदा तयार पारेकाले नयाँ नम्बरिङ लागु हुने खनाल बताउँछन्। नयाँ नम्बरिङ योजनाले टेलिफोन र सम्पर्क कोडलाई व्यवस्थित बनाउने आशा राखिएको छ। पछिल्लो समय मोबाइल सेवामा प्रयोग भइरहेका छोटा नम्बरहरु नियमनमा नै नरहेको प्राधिकरणले बताउँदै आएको छ।
मोबाइल सेवामा पनि नयाँ अपरेटरहरु थपिन लागेकाले नयाँ नम्बरिङको आवश्यकता रहेको छ। त्यसमा पनि विभिन्न दूरसञ्चार सेवाले छोटा चार अंकको फोन तथा एसएमएका लागि नम्बरहरु प्रचलनमा ल्याएपनि त्यसको भरपर्दो नियमन हुन सकिरहेको छैन।
नयाँ नम्बरिङ योजनाको तयार खाका मार्फत अहिले रहेको नम्बरको व्यवस्थापन साथै नयाँ नम्बरहरु उत्पन्न गर्ने प्रयास भएको प्राधिकरण उपनिर्देशक मिनप्रसाद अर्यालले बताए। ‘सबै टेलिफोन तथा राष्ट्रिय/अन्तरराष्ट्रिय कोड नम्बरको व्यवस्थित वितरण र सरलीकरणलाई जोड दिइएको छ,’ अर्यालले बताए। नयाँ टेलिफोन नम्बरको व्यवस्था गर्न गठित समितिले तयार पारेको मस्यौदामा आधारभूत टेलिफोन, मोबाइल, सर्टकोड र एसएमएस गरी नम्बरलाई चार वर्गमा राखिएको छ। मोबाइलको सिष्टम कोड ९, आधारभूतको २, सट कोडको १ र एसएमएस नम्बरको सिष्टम कोड ३ हुने मस्यौदामा उल्लेख छ। समितिले आधारभुत टेलिफोन नम्बर १० अंकको बनाउन साथै सर्टकोडलाई ३ देखि ६ अंकमा सिमीत गर्न सुझाव दिएको छ।
विभिन्न सेवा प्रदायकले नम्बरहरु ओगटेर बस्ने प्रवृत्ति रहेको भन्दै नयाँ व्यवस्थामा नम्बरको समेत शुल्क उठाउनुपर्ने सुझाव नयाँ मस्यौदामा छ। विद्यमान व्यवस्थामा प्रविधि र एरियाअनुसार सिष्टम कोड तथा अपरेटर कोड फरक फरक हुने गरेको छ।

एप्पल र सामसुङबीच अब घडीको 'युद्ध'


अमेरिकी इलेक्टोनिक्स कम्पनी एप्पल र उसको प्रतिस्पर्धी कोरियन कम्पनी सामसुङबीच स्मार्ट वाचमा प्रतिस्पर्धा हुने भएको छ ।

स्मार्टफोनमा प्रतिस्पर्धी रहेका यी दुई कम्पनीले अहिले स्मार्टवाच ल्याउने तयारी तिव्र पारेका छन् ।
सामसुङले ल्याउन लागेको सामसुङ ग्यालेक्सी गियर नाम गरेको स्मार्ट वाचबाट, फोटो खिच्न, फोन गर्न, इमेल इन्टरनेट चलाउन तथा भिडियो हेर्न र भिडियो गेम खेल्न सकिन्छ ।
ग्यालेक्सी गियर सेप्टेम्बर ४ मा जर्मनीको बर्लिनमा हुने इलेक्ट्रोनिक इन्ड्रस्ष्ट्रिज ट्रेड फेयरमा पत्रकार माझ सार्वजनिक गरिने छ । यसमा सामसुङकै स्मार्ट फोनमा प्रयोग हुने सफ्टवेयरहरु प्रयोग गर्न सकिने छ ।
यस्तै एप्पले पनि यहीसेप्टेम्बर १० तारिखमा ट्रेड फेयरमा आइवाच सार्वजनिक गर्ने तयारी गरेको थियो । तर आफूले भन्दा पहिला नै सामसुङले ग्यालेक्सी गियर सार्वजनिक गर्न लागेका कारण एप्पलले सामसुङले भन्दा पहिला नै आइवाच सार्वजनिक गर्ने अनुमान छ ।
एप्पलको आइवाच भने आइफोन जस्तै आइओएस सफ्टवेयरबाट चल्नेछ । तर यसमा के के सुविधा उपलब्ध छन् भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । एप्पलले सेप्टेम्बरमा नै आइफोन फाइभ एसका साथै कम आय भएका उपभोक्तालाई लक्षित गरी सस्तो आइफोन पनि ल्याउने तयारी गरिररहेको छ । यसअघि एप्पलले आइफोन सार्वजनिक गरेपछि सामसुङले पनि त्यस्तै फिचर भएको स्मार्टफोन सार्वजनिक गरेको थियो । एप्पलले आफ्नो प्याटेन्ट राइट चोरी गरेको भन्दै सामसुङमाथि मुद्दा हालेर क्षतिपुर्ति तिराएको थियो ।

- एजेन्सीको सहयोगमा

Wednesday, August 14, 2013

सित्तैमा मोबाइल पाउन खोज्दा २० जना घाइते


लन्डन–फोन निर्माता कम्पनी एलजीले आफ्नो नयाँ जी २ मोवाइलको प्रमोशनको लागि गरेको स्टन्टका क्रममा २० जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनालाई अस्पताल भर्ना गरिएको छ। दक्षिण कोरियाको राजधानी सोलमा भएको यो घटनापछि एलजीले जी २ फोनको प्रमोशनको लागि तय गरेका कार्यक्रम रद्ध गरेको छ। हिलियमले भरिएको बेलुनभित्र राखिएको स्मार्टफोन प्राप्त गर्न सर्वसाधारण चरा मार्ने बन्दुक, छुरी र लठ्ठी लिएर पुगेका थिए।
कम्पनीले जारी गरेको विज्ञप्तीमा कोही पनि गम्भी घाइते नभएको बताइएको छ। एलजीले घटनाको जिम्मेवारी लिँदै सबै घाइतेको उपचार गरिदिने प्रस्ताव गरेको छ। 'भविष्यमा यस्तो घटना नहोस् भनेर सबै अनुसन्धान गर्दैछौं', एलजीले विज्ञप्ति निकाल्दै भनेको छ।

एलजीले हिलियम ग्यास भरेका १ सय बेलुन हावामा छोडेको थियो। हरेक बेलुनमा सित्तैमा एउटा मोवाइल राखिएको थियो। कार्यक्रममा 'जी इन द क्लाउड' भनिएको थियो।

एलजीको स्मार्ट टेलिभिजन


एलजीले अत्याधुनिक 'टाइम मेसिन' प्रविधियुक्त स्मार्ट टेलिभिजन नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार उक्त मेसिनले टिभीमा प्रत्यक्ष प्रसारण भएका दृश्यलाई लाइभ हेर्दाहेर्दै रिप्ले गरेर अगाडिको दृश्य हेर्न सहयोग पुर्याीउँछ। एलजीको नेपालस्थित आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले हालै बजारमा ल्याएको यो टिभी मनपर्ने कार्यक्रम लाइभ हेर्न नपाउने व्यक्तिका लागि उपयोगी भएको कम्पनीले जनाएको छ।
टिभीमा पछि आउने कार्यक्रमसमेत पहिले नै सेट गरेर रेकर्ड गर्न सकिने छ। यस्तो सुविधा एलजीले २०१३ को संस्करण ल्याएका स्मार्ट टिभीमा उपलब्ध छ। नेपालमा यो टिभी ३२ र ४२ इञ्चको साइजमा उपलब्ध छ। ३२ इञ्चको एलए ६२०० मोडलको मूल्य ८७ हजार ९ सय ९० रुपैयाँ छ भने ४२ इञ्चको एलए ६२०० मोडलको मूल्य १ लाख ५४ हजार ७ सय ९० रुपैयाँ छ। यो टिभीमा मोबाइल, पेनड्राइभ र ल्यापटपमा भएका फाइल पनि प्ले गरेर हेर्न सकिन्छ। यसले इन्टलको बाइडाइ सपोर्ट गर्ने हुँदा ल्यापटपलाई वायरलेस टिभीमा डिस्प्ले गर्ने सकिन्छ। युएसबीको प्रयोग गरेर स्मार्ट फोनका सबै कन्टेन्ट हेर्न सकिने सुविधा पनि यस टिभीमा रहेको छ। त्यस्ता कन्टेन्टलाई रिमोट मार्फतनै फेरबदल गर्न सकिन कम्पनीले जनाएको छ।

Tuesday, August 13, 2013

खिम्तीमा भीषण बाढी पहिरो:सातको मृत्यु, एक बेपत्ता, तीन गम्भीर घाइते (फोटो फिचर सहित)

सन्जिब दाहाल रामेछापको खिम्ती बजार र आसपासका गाउँमा आज मध्य रातमा गएको बाढी र पहिराले सातजनाको ज्यान लिएको छ । मध्यरातमा खिम्ती बजार केन्द्रको खहरेसहित विभिन्न खोला र खहरेमा आएको भाससहितको बाढीले घर बगाउँदा सातजनाको निधन भएको हो ।

खिम्ती बजारकेन्द्रको घटनामा परी एकै परिवारका तीन जनाको निधन भएको छ भने एकजना बेपत्ता भएका छन् । घरले पुरिएर मृत्यु हुनेहरुमा रस्नालु– १ का ५५ वर्षीय भीमबहादुर तामाङ, उनकी ७५ वर्षीय आमा बुदुमाया तामाङ र श्रीमती ४५ वर्षीय बाटुलीमाया तामाङको पुरिएर मृत्यु भएको छ भने १३ वर्षीय छोरा ढल्के तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।सोही घटनामा परी रस्नालु– १ का हेमबहादुर तामाङ, महिमाला तामाङ, आइमाला तामाङ र गम्भीर घाइते भएको बताइएको छ । घाइतेलाई देवीटारस्थित अस्पतालमा उपचार गराइरहेको बताइएको छ ।

मृतक भीमबहादुर तामाङ परिवार खिम्ती बजारस्थित रामबहादुर बूढाथोकीको घरमा डेरा गरी बस्दै आएको र राती सुतिरहेको अवस्थामा आएको बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बिमल कँडेलले बताएका छन् ।

त्यस्तै खिम्ती गाविस गडा नम्बर ४ मा रहेको घर भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा शेरबहादुर थापाकी श्रीमती  ५५ वर्षीय मिठू थापा, २३ वर्षीय छोरी स्वस्थानी थापा र १३ वर्षीय छोरा केदार थापा छन् । पहिरोले घर भत्काउन र पुर्न लागेपछि भाग्ने क्रममा माइला छोरा भरत थापा भने गम्भीर घाइते भएको उद्दारकार्यमा खटिएका नेपाली सेनाका क्याप्टेन पृथ्वी थापाले जानकारी दिए ।

वर्षाले घर भत्किएर खिम्ती गाविस ३, सुनुवारटोलकी ११ वर्षीय बालिका सीता सुनुवारको मृत्यु भएको छ । मृतक शेरबहादुर सुनुवारकी छोरी हुन् । घटनामा परी ज्यान गुमाउने सातै जनाको खिम्तीमै अस्थाई क्याम्प खडा गरी पोष्टमार्टम गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछपका प्रमुख डा. वासुदेव पाण्डेले बताए । उनले औषधि सहितको स्वास्थ्य टोली घटनास्थल पुगेको जानकारी दिए ।

सोमबार राती साढे छ बजेदेखि परेको निरन्तर वर्षाले  ठूलो भलबाढी आई खिम्ती वडा नं. १ र २ को सीमाना खोलामा रहेको पक्कीपुल थुनिएर बाढी बजारमा पसेको र बाढीले ४ पक्की घरसहित अन्य ५ वटा पसल राखिएका घरटहरा भत्किएको स्थानीय कल्याणी थापाले बताइन् । उनले भनिन्, हामीलाई थप बाढीको त्रासले अझै सताइरहेको छ ।राती पानी पर्यो भने कहाँ गएर सुरक्षित हुने हो टुंगो छैन ।

बाढीमा परी रामबहादुर बूढाथोकी, कृष्णबहादुर बूढाथोकी, खिलबहादुर बूढाथोकी र उत्तम बूढाथोकीको पक्की घर बगाएको छ भने शेरबहादुर खड्का, वैकुण्ठ राजवंशी श्रेष्ठ, कृष्ण पोखरेल, शेरबहादुर थापाको घर पनि बाढीले बगाएको छ । मुख्य बजारमा पसेको लेदो सहितको बाढीले बजार तहसनहस भएको स्थानीयले बताएका छन् । त्यसैगरी भलबाढीमा परी खिम्ती बजारको बीचमा रहेको करिब ३० मिटर लम्बाईको रामेछाप–काठमाडौँ जोड्ने पक्की पुल पूर्णरुपमा क्षतविक्षत पारेको छ । पुल बगाएपछि सदरमुकामबाट रामेछापका अन्य गाविस र काठमाडौँ ओहोरदोहोर गर्ने यात्रीले सास्ती बेहोर्नु पर्ने अवस्था भएको छ । बाढीले गहिरोसँग सडकमा क्षति पुर्याएकाले यातायात सञ्चालन हुन अझै केही समय लाग्नसक्ने उद्योग वाणिज्य संघका पूर्व महासचिव श्याम थापाले बताए ।

खिम्ती– ४, स्थित खानेखोलामा आएको भलबाढीले खोलामा हालिएको कजवे बगाउँदा आवागमन गर्न कठिनाई भएको छ । सडक वारपार गर्नका लागि डोरी र बाँस टाँगेर जोखिमपूर्ण यात्रा गर्नुपरेको र दुबैतर्फ बाटो अवरुद्ध हुँदा सेना, प्रहरी र स्थानीयलाई उद्दार कार्य गर्न समेत कठिनाइ भएको बताइएको छ । पहिरोसँगै आएको बाढीले निर्माणाधीन खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रमुनि पहिरो जाँदा स्थानीय प्रहरी चौकी बसेको भवन, जनहित सहकारी संस्थाको पक्की भवनलगायत एक दर्जन घर जोखिममा परेको खिम्तीका पूर्व गाविस अध्यक्ष मुकुन्दप्रसाद कडरियाले बताए ।

पहिरोसहितको बाढीले खिम्ती १, २, ३ र ४ वडाका सयौँ रोपनी खेत र बारी बगर र भीरमा परिणत गरेको स्थानीयले बताएका छन् । बाढी पहिरोले कति क्षति भयो भन्ने विवरण आउन केही समय लाग्ने भएपनि तत्कालको वस्तुस्थिति हेर्दा करिब करोडौँ रुपियाँको क्षति भएको कडरियाले बताए ।

यसैबीच रामेछापका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले खिम्ती गाविसका सचिव केहरमान तामाङको संयोजकत्वमा स्थानीय राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघका प्रतिनिधिको सहितको समिति गठन गरी बाढीबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी जिल्ला दैवी प्रकोप उद्दार समितिको वैठकमा तत्काल पेश गर्न निर्देशन दिएका छन् ।



यो दर्दनाक घटनाका केहि तस्बिर यस्ता छन् :
उद्दार गरि निकालिएका शब

उद्दार कार्य


फेसबुकमा भाइरस खोज्नेलाई १० लाख डलर

फेसबुकको साइटमा रहेका विभिन्न खाले भाइरस तथा त्रुटी पत्ता लगाएर सूचना दिनेलाई फेसबुकले पुरस्कृत गर्ने गरेको छ । पछिल्लो दुइ वर्षमा यस्ता सूचनादातालाई पुरस्कार दिनका लागि १० लाख डलर खर्च गरिएको फेसबुकले जनाएको छ ।

यसरी फेसबुकको भाइरसका बारेमा जानकारी दिएर पैसा कमाउनेमा भारतीयहरु दोश्रो स्थानमा परेका छन् । ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ता रहेको भारतका फेसबुक प्रयोगकर्ताहरुले फेसबुकको बग बाउन्टी प्रोग्राममार्फत लाखौँ रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । भारतमा फेसबुकको यस्तो कार्यक्रमबाट लाभ आर्जन गर्ने मानिसको संख्या तिब्र गतिमा बढिरहेको बताइएको छ ।

वेबसाइटलाई सुरक्षित तथा सफा राख्न मद्दत पूराउने शोधकर्तालाई हौसला प्रदान गर्न फेसबुकले दुइ वर्षअघि यस्तो कार्यक्रम सुरु गरेको थियो । बग अर्थात् त्रुटी वा भाइरसले सफ्टवेयरलाई क्रयास गर्छन् तथा सिस्टममा अनधिकृत रुपमा प्रवेश गरी ह्याक गर्ने खतरा पनि हुन्छ । फेसबुकले यो कार्यक्रम अपेक्षाभन्दा बढि सफल भएको बताउँदै १० लाख अमेरिकी डलर भन्दा बढि रकम पुरस्कारको रुपमा बाँडेको र फेसबुकको संरचना तथा प्रणालीलाई भाइरस तथा त्रुटीमुक्त बनाउन विश्वभरमा शोधकर्तासँग मिलेर काम गरेको जनाएको छ ।

फेसबुकका अनुसार ३२९ जना मानिसले यसरी पुरस्कार पाएका छन् । यसरी पुरस्कार पाउनेमा केही पेशेवर सफ्टवेयर प्रोग्रामर देखि लिएर विद्यार्थी तथा आंशिक जागिरेहरु पनि थिए । एक जना १३ वर्षको बच्चाले समेत फेसबुकको त्रुटी पत्ता लगाएर पुरस्कार पाएको बताइएको छ ।

फेसबुकको भाइरस पत्ता लगाएर सबैभन्दा बढि पुरस्कार पाउनेमा अमेरिका पहिलो, भारत दोश्रो, बेलायत तेश्रो, टर्की चौथो तथा जर्मनी पाँचौ स्थानमा छ । ५१ देशका मानिसले पुरस्कार पाएपनि अमेरिकी मात्रैले कुल पुरस्कार राशीको २० प्रतिशत कुम्ल्याउन सफल भएका छन् । अझ त्यसरी पुरस्कार पाउने मध्ये २ जनाले त फेसबुक कम्पनीमै जागिर पाएका छन् ।

एनसेलविरुद्ध अख्तियार उजुरी



अवैधानिक आशा देखाएर ग्राहक ठगेको भन्दै अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अनेक बहाना बनाएर ग्राहकलाई डबल धमाका भन्दै ठगी गरेको आरोपमा एनसेल विरुद्ध सर्वसाधारणले उजुरी गरेका हुन् । उजुरी गर्नेको नाम भने गोप्य राखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार एनसेल छानबिनको दायरामा छ । प्रचार–प्रसारमा करोडौं रूपैयाँ खर्च गरेर ग्राहकलाई ठगी गर्दै आएको एनसेलले ल्याएको डबल योजनाले ग्राहकलाई झुक्याएको उजुरीमा जनाईएको छ । उजुरी दूरसञ्चार प्राधिकरणमा पनि परेको छ । कम्पनीले उद्योगपतिदेखि बैंकरलाई समेत आर्थिक प्रलोभनमा पारेर ठूलो रकम असुल गर्ने तर असुल गरेअनुसारको सेवा नदिएको ग्राहकको आक्रोश छ ।

अनुमान गर्नुहोस् त कसरी………..

एकदिन महादेब
काठमाण्डुमा बुद्धको मात्र मुर्ती धेरै
देखेरअति नै रिसाएछन र बुद्धलाई भेटेर
भनेछन
.
महादेब :- हेल्लो बुद्ध सोल्टी, म
देवताको पनि देवता.... तर
मेरो भन्दा तिम्रो धेरै मुर्ती रहेछ
यो काठमाण्डुमा, तिम्रो भक्तहरुलाई
भनेर मेरो धेरै मुर्ती बनाउन लगाउनु है ।
.
बुद्ध :- लु तेसो भए हामी कुदेर यो चक्रपथ
परीक्रमा गरौ, जो पहिले यहाँ आइपुग्छ
तेसैको धेरै मुर्तीहुन्छ, तपाइलाई मन्जुर
छ ???
.
महादेव :- मन्जुर छ ।
यती भनेर कुद्न सुरु गरेछन
.
महादेव चाँही कुदीहाल्नु भएछ
बुद्ध चाँही शान्त स्वाभावको भएरअरुलाई
अर्ती उपदेश दिदै बिस्तारै कुद्नु
भएछ
.
त्यही पनि बुद्धले नै जित्नु भएछ
.
अनुमान गर्नुहोस् त कसरी………..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
महादेव चाँही चेकिङमा पर्नु भएछ
३ किलो गाजा बोक्नु भएको रहेछ
अनिपुलिसले पक्रिहालेछन…

के गुणस्तर सुध्रियो टेलिकमको?

के गुणस्तर सुध्रियो टेलिकमको?

नेपाल टेलिकमले आफ्नो महत्वाकांक्षी योजनाका रुपमा काम गरिरहेको एक करोड जीएसएम मोबाइल लाइन विस्तारको काम मध्ये ४८ लाख लाइन वितरण गर्न सक्ने अवस्थामा पुगिसकेको छ। साउनको सुरुवातसँगै राजधानीका विभिन्न क्षेत्रमा टेलिकमले नेटवर्क परिवर्तनको काम गरिरहेको छ। पहिलेको नेटवर्क हटाएर नयाँ नेटवर्क बनाउने काम सम्पन्न भएका राजधानीका रिरोड बाहिरका गाविसहरुमा टेलिकमको सेवा निक्कै राम्रो भइसकेको छ। राजधानीको मुख्य क्षेत्रहरुमा पनि टेलिकमको नेटवर्क सुधारको काम भइरहेको छ। राजधानीको अधिकांश क्षेत्रमा नेटवर्क सुधार भएको अवस्थामा टेलिकमले थ्रीजी सेवालाई लोकप्रिय बनाउन खोजेको हो। यो भन्दा अगाडि नेपाल टेलिकमको थ्रीजी नाम मात्रको थियो इन्टरनेट चल्दैनथ्यो।

पछिल्लो समय चिनियाँ कम्पनी हुवावेको प्रविधि अपनाउन थालेपछि टेलिकमको मोबाइल सेवामा सुधार देखिएको छ। टेलिकमको डाटा सेवामा पनि चामत्कारिक सुधार भेटेको प्रयोगकर्ताहरुले बताएका छन्। प्रयोगकर्ताका अनुसार टेलिकमको थ्रीजी सेवा चलाउनेले ६ एमबीपीएस सम्मको गतिमा इन्टरनेट चलाउन सकेका छन्।

महँगो छ कि?

नेपाल टेलिकमले अहिले वितरण गरिरहेको थ्रीजी तथा डाटा सेवाको शुल्क देशमा उपलब्ध थ्रीजी र डाटा सेवाहरुमा सबैभन्दा सस्तो हो।

केरा रेस्टुराँ सञ्चालनमा


तपाईले मम धेरै खाले, थरीका खानु भएको होला । पोर्क मम । चिकन मम । बफ मम । सब्जी मम । फिस मम । तर केरा मम ? केरा मम खानु त के सुन्नुपनि भएको थिएन होला । किनकि  अमिलो, पिरो, नुनिलो ट्याक्क परेको अचार सहित खाइन्छ मम । तर केरा त गुलियो हुन्छ । गुलियो केराको के मम ? नपाकेको केराको भए त्यसको के महत्व ? तर पख्नुस् । केराको मम गज्जब हुने रहेछ । चाल नपाएर पो त । सिक्दै, परिक्षण गर्दै र चाख्दै गए धेरै कुरा पत्ता लाग्छ । नयाँ कुरो चाख्दै नचाखे जिब्रोले पो कसरि कुन मिठो र कुन नमिठोको स्वाद पाओस् ? । चितवनमा हालहालै अचम्मको रेस्टुरेन्ट सञ्चालन गरिएको छ, केरा मम । अनि त्यहाँ केराको स्वादिलो मम बन्छ । नपत्याउनु भएको ? कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा. कैलाशनाथ प्याकुर्‍याल समेत केरा मम खाएपछि जिल परे ।
उपकुलपति डा. कैलाशनाथ प्याकुर्‍यालले साकाहारी मःम त धेरै खाएका थिए । केराको मम भने कहिल्यै चाखेका थिएनन् । चितवनको भरतपुरमा काँचो केराबाट बनेको मः म खाएपछि भने, “यस्तो पनि हुँदोरहेछ ।” भरतपुर–९ मा स्थापना भएको केराको परिकार पाइने चेतना भिलेज रेस्टुराँ उद्घाटन गर्न गएका उनलाई मःमसँगै केराकै पकौडा र चिल्ली पनि मीठो लाग्यो ।
केरा पाकेर मात्र होइन, काँचै पनि खान सकिन्छ भन्ने सन्देश प्रवाह गर्दै भरतपुरमा लामो समयदेखि रेस्टुराँ चलाउँदै आएका यादव हुमागाईंले केरा रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् । हाकिमचोकबाट ५ सय मिटरभित्र बुद्धचोकनजिकै चेतना भिलेज रेस्टुराँमा केराको परिकार थपिएको हो । “रेस्टुराँले कृषिमा व्यवसायीकरण र आधुनिकीकरण बढाउनेछ,” उनले भने, “बजारीकरणमा समस्या खेपिरहेका किसानहरूलाई यस्ता रेस्टुराँ चोकचोकमा खुल्नुपर्छ ।”
रेस्टुराँमा विशेषगरी केराको मः म, चिप्स, चिल्ली, बुंगाको अचार, पकौडा, लसीलगायतका खानकी पाइने रेस्टुराँ सञ्चालक हुमागाईं बताउँछन् । साधारण रेस्टुराँमा पाइने अरू परिकारभन्दा सहुलियत दरमा उपलब्ध गराइने उनले जानकारी दिए । “अन्तभन्दा सहुलियत दरमा खुवाउँछु” हुमागाईंले भने, “होम डेलिभरीको सुविधा पनि छ ।”
रेस्टुराँले बजार खोज्ने झन्झटबाट मुक्ति दिने आशा केरा व्यवसायी समिति चितवनका अध्यक्ष यज्ञ सुवेदीले गरेका छन् । “उत्पादन जतिपनि गर्न सकिन्छ,” उनले भने, “मुख्य समस्या बजार नै हो । यस्ता रेस्टुराँ अझै धेरै खुल्न आवश्यक छ ।” चितवनमा झन्डै ४ सय जना किसान व्यावसायिक रूपमा केराखेती गरिरहेका छन् ।
उनीहरूले १ हजार ५ सय बिघा खेतमा १२ महिना नै केरा उत्पादन गर्छन्, तर बजार नपाएको गुनासो बेलाबेलामा आउँछ । नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम मा चितवन केराकै लागि छनोट भएको छ । गत वर्षबाट यो कार्यक्रम सञ्चालन भएपछि केराका बहुपरिकार बनाउने चलन पनि फस्टाएको हो ।
यहाँका प्रदर्शनी तथा मेलामा केराका परिकार खानेहरूको लर्कन लाग्छ । व्यावसायिक रूपमा बहुपरिकार उत्पादन तथा बिक्रीका लागि उत्पादक तथा व्यवसायीलाई प्रशिक्षण दिने क्रम पनि बढेको छ । “अब पहिलेजस्तो पाकेको केरामात्र खाने चलन हटाउनुपर्छ,” केराविद् प्राध्यापक डा. दुर्गामणि गौतम भन्छन्, “पाकेको खान नहुने रोगीलाई पनि काँचो केराले फाइदा गर्छ ।”
उनका अनुसार काँचो केराबाट भिटामिन ए र बी–६ पाइन्छ । “दम भएको बिरामी तथा कफ र उच्च रक्तचापका बिरामीसमेतलाई राम्रो गर्छ,” उनले भने, “एक चम्चा मह र आधा चम्चा मरिचमा एककोसा केरा खाँदा ज्यादै राम्रो ।” उनले केराबाट वाइन बनाउने विषयमा पनि लामो समयदेखि आवाज उठाइरहेका छन् । वाइनको सम्भाव्यताबारे केही अघि ‘एक गाउँ एक उत्पादन’ कार्यान्वयन समितिले जिल्ला आसपासका डिस्टिलरीसँग छलफल पनि चलाएको थियो । डिस्टिलरी सञ्चालकहरू पनि सकारात्मक रहेको कार्यान्वयन समितिले जनाएको छ ।

Monday, August 12, 2013

मेरो गाउको हरियाली

आज कता कता मेरो गाउको हरियाली , पाखा पखेरा अनि 
कल कल बग्ने नदीले मलाइ बोलाए जस्तो लाग्यो 
न्यास्रो लाग्यो  
मेरा आखा हरु ति दृश्यहरु हेर्नलाई तल्लित भए  
तर दुखको कुरो मत मेरो गाउ देखि हजारौ माइल टाढा 
उजाड यो बस्तीमा छु 
भित्र भित्रै निरास थिए
तर झट्ट याद आयो 'फेसबुक' सोचे गाउ घरमा
हुने भाइ बैनी हरुले निश्चय पनि गाउ घरको दृश्य देखिने
गरि फोटो खिचेर हालेको हुनपर्छ त्यहि हेरेर चित्त बुझाउछु 
अनि लागे उनीहरुको फोटो हेर्न तर्फ . करिब एक घण्टा जति
मेरो समय खर्चिए तर त्यहाँ मैले मेरो गाउ घरको फोटो हैन
बैनी हरुको प्रोफाइलमा प्राय बलिउड अभिनेत्री क्याटरिनाको
फोटो र भाइ हरुको प्रोफाइलमा पनि उही बलिउड अभिनेता
सारुख , र सलमानको फोटो देखियो 
जतिपनि उनीहरुको आफ्नै तस्बिर देखे ति तस्बिर हरुमा
उनीहरुको टाउको र फ्यास्स पारेर दुइटा औलो ठाडाएको
मात्र देख्न पुगे 
अनि फेरी निरास हुदै पेज तिर कमेन्ट मा रमाइलो गरौ कि
भन्ने सोच लिएर यहाँ आएको अवस्था हो 

आज उल्का वर्षा

आज उल्का वर्षा 

आज सोमबार राति नेपाली आकाशमा उल्का वर्षा हुँदैछ । सामान्य बोलिचालीमा तारा खसेको समेत भनेर चिनिने यस्तो उल्का वर्षा अवलोकनका लागि कुनै उपकरणको आवश्यकता नपर्ने र नांगो आँखाले समेत आकाशमा हेरेर यसको मनोरञ्जन लिन सकिने खगोलविद्हरुले जनाएका छन् । तर बादल लागेको तथा पानी परेका कारण उल्का वर्षाको दृश्य हेर्नमा भने कठिनाइ हुनेछ ।

यस्तो उल्कावर्षा प्रतिघण्टा ६० देखि १२० वटासम्म हुनसक्ने बताइएको छ । पुछ्रेताराले छाडेका चट्टान र धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा घश्रणका कारण बल्न गई चम्किलो हुने गर्छन् । त्यसैलाई उल्का वर्षा भन्ने गरिन्छ ।

अमेरिकी अन्तरीक्ष संस्था नासाले उल्का वर्षाको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।

वैज्ञानिकहरुका अनुसार हरेक वर्ष जुलाई १७ देखि अगष्ट २४ सम्म उल्कावर्षा सक्रिय हुने गर्छ । स्विफ्ट टटल नामक पुछ्रेताराले सुर्यको परिक्रमाका क्रममा छाडेका धूलोका कणहरु पृथ्वीको कक्षमा प्रवेश गर्ने गर्छन् । तिनैलाई उल्का वर्षा भन्ने गरिन्छ । यस्ता पदार्थहरु निकै उच्च गतिमा पृथ्वीको वायुमण्डमा प्रवेश गर्दछन् र त्यहीँ जलेर नष्ट हुन्छन् ।

सोनीको स्मार्ट घडी


तपाईलाई स्मार्ट घडी लगाउने शोख छ?
सोनीको स्मार्ट घडीले तपाईंलाई अझै स्मार्ट बनाइदिन्छ। यो नयाँ 'स्मार्ट वाच २' सोनीको स्मार्ट सिरिजको अपग्रेडेड भर्सन हो। यो नयाँ घडीमा केही गजब फीचर्स रहेका छन्। घडीको स्क्रीन पहिलाको तुलनामा ठूलो र डिस्प्ले चम्किलो रहेको छ।
यसको डिस्प्ले रेज्यूलोशन २२० x १७६ पिक्सल छ। यसको ब्राइटनेस प्रविधिको कारण घाममा पनि डिस्प्ले राम्रोसँग हेर्न सकिन्छ। घडीमा प्रयोग गरिएको ब्याट्रीले लामो समयसम्म ब्याकप दिने दिनेछ। यसमा इनबिल्ड एनएफसी प्रविधि रहेको छ जसको माध्यमबाट अर्को घडीसँग कनेक्सन मिलाउन सकिन्छ।

वाटर प्रुफ क्वालिटीको यो घडीबाट फोन पनि गर्न सकिन्छ भने डाउनलोडेड इमेल पनि पढ्न सकिन्छ। घडीको एन्ड्रोइड स्मार्टफोन सिरिजसँग पनि सजिलै जोड्न सकिन्छ। यो घडी सेप्टेम्बर सम्ममा बजारमा आउने बताइएको छ। स्मार्ट घडी १५० डलरमा उपलब्ध हुनेछ।

सस्तो आइफोन अर्को महिना


एप्पलको आइफोन मुल्यको कारण लिन नसकेका लागि आगामी सेप्टेम्बर महिना खुसीको हुने भएको छ। अमेरिकी स्मार्टफोन निर्माता एप्पलले आगामी महिना सस्तो आइफोन साथै आइफोन फाइभ एस सार्वजनिक गर्ने भएको स्रोतहरुलाई उल्लेख गर्दै अलथिङडीले उल्लेख गरेको छ। एप्पलले अर्को महिना आइफोन फाइभ र सस्तो आइफोन दुवै सार्वजनिक गर्ने हल्ला यतिखेर प्रविधि वेबसाइटहरुमा र्सवत्र छ।

एप्पलले नयाँ संस्करणको आइफोन फाइभ र सस्तो मूल्यको आइफोन सेप्टेम्बर १० मा सार्वजनिक गर्ने बताइएको छ। आइफोन फाइभ एसमा फिंगर प्रिन्ट सेन्सर साथै स्लोमोसन क्यामेराका साथ आउने हल्ला लामो समय देखी चलिरहेको छ।
कोरियाली स्मार्टफोन सामसङसँगको कानुनी र बजारको लडाइँले बजारको हिस्सा र साख गुमाएको एप्पल र आइफोनका लागि यो नयाँ उत्पादन बजारमा पुन स्थापित हुने माध्यम बन्न सक्छ। त्यसैले यसमा क्यामेरा, ब्याट्री साथै प्रोसेसर अहिलेको आइफोन फाइभ भन्दा करिब दोब्बर हुने आशा राखिएको छ।

Sunday, August 11, 2013

छोरी पाए मैले ........ ----------------

पशुपति शर्माको यो रमाईलो तीज गीत हेर्नुहोस !!
छोरा पाउछु भनेको त
छोरी पाए मैले ........
http://www.youtube.com/watch?v=2MGrxfISGfY&feature=player_detailpage&list=WLC7ZDJmvKdJbua5kqmoL9N9TCcUcVqSwk

चौबन्दी चोलीको तुना चलाए पछी

सुन्न र डाउनलोड गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् !
==========================================डाउनलोड गरी भर्पुर मनोरन्जन लिनुहोस ...
https://soundcloud.com/bidur-bhandari-rojen-1/hangama-bho-kasham-hangama-bho

चौका परे पछी

GEET SUNNA RA DOWNLOAD GARNA TALAKO LINK MA CLICK GARNU HOLA
https://soundcloud.com/bidur-bhandari-rojen-1/chauka-parepachhi-bidurbha

एप्पलले मुद्दा जित्यो, सामसुङका मोबाइल अमेरिकामा प्रतिबन्धित हुने

दक्षिण कोरियाली प्रतिस्पर्धी कम्पनी सामसुङ विरुद्धका दुइ महत्वपूर्ण बौद्धिक सम्पत्ति सम्बन्धि मुद्दामा अमेरिकी कम्पनी एप्पलले जित हात पारेको छ । अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोगमा चलेको यी दुइ बीचको मुद्दामा एप्पलले जित हात पारेको हो ।अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोग युएस आइटीसीले सामसुङद्वारा मोबाइल फोन, मिडिया प्लेयर तथा ट्याब्लेटको उत्पादनको क्रममा एप्पलको महत्वपूर्ण दुईवटा बौद्धिक सम्पत्तिको उल्लंघन भएको भनि सन् २०११ मा गरेको निर्णय सदर गरेपछि एप्पल उत्साहित बनेको छ ।
साथै आयोगले एप्पलको बौद्धिक सम्पत्ति चोरेको ठहरिएका सामसुङका उत्पादनलाई अमेरिकामा प्रतिबन्ध लगाउन समेत निर्देशन दिएको छ । यद्यपि आयोगको यो निर्देशन तत्काल कार्यान्वयन भने आउने छैन । आयोगको फैसलामाथि अमेरिकी राष्ट्रपतीले पुनर्विचार गर्न सक्नेछन् । ६० दिनभित्रमा राष्ट्रपतिले आयोगको फैसला सदर गर्ने वा उल्टाउने भन्ने कुराको निर्णय गर्नुपर्नेछ । यद्यपि ओबामाले आयोगको फैसला उल्टाउने सम्भावना नरहेकोले सामसुङका केही उत्पादनहरु अमेरिकामा प्रतिबन्धित हुने सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् ।
यता अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोगको फैसलाप्रति सामसुङले आपत्ति जनाएको छ । एप्पलका दुइ बौद्धिक सम्पत्तिका आधारमा आयोगले गरेको निर्णयले हामीलाई निराश बनाएको छ’ सामसुङको विज्ञप्तीमा भनिएको छ । स्मार्टफोन उद्योगको मुख्य ध्येय विश्वव्यापी कानुनी युद्ध नभएको भन्दै सामसुङले बजारमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने जनाएको छ । उता एप्पलले भने फैसलाको स्वागत गरेको छ । एप्पललका आविष्कार चोर्ने सामसुङको कामलाई आयोगले खारेज गरेको एप्पललको भनाइ छ ।एप्पलको बौद्धिक सम्पत्तिको अधिकारका रुपमा रहेको टच स्कृन प्रविधि र अडियो सकेट सामसुङले आफ्ना ग्याजेटमा नक्कल गरेको ठहर आयोगले गरेको छ ।
तथापि एप्पलका अन्य ४ वटा दाबी भने प्रमाणित हुन सकेनन् । स्मरण रहोस् एप्पल र सामसुङबीच पछिल्लो समय बौद्धिक सम्पत्ति अधिकारको लडाइँ निकै चलिरहेको छ । यस विषयमा दुइ कम्पनीबिच विश्वका १० देशका विभिन्न अदालतमा मुद्दा चलिरहेको छ । अघिल्लो वर्ष विश्व स्मार्टफोन उद्योगमा सामसुङले एप्पललाई उछिनेपछि यी दुइबीचको बौद्धि सम्पत्ति अधिकारको लडाइँ झनै चर्किएको हो ।

Saturday, August 10, 2013

स्लोली स्लोली स्लोली स्लोली


फेस्बुकको एउटा खाता

फेसबुकले निकै लामो फड्को चालिसकेको अहिलेको
अवस्थामा मेरी श्रीमतीले पनि यस् प्रती चासो राखेपछी उन्लाई पनि 
फेस्बुकको एउटा खाता खोल्दिन वाध्य भएँ ।  

कता कता श्रीमती बिग्रिन्छिन कि भन्ने अमिलो पन हुँदा हुँदै पनि 
उन्को नाम बाट एउटा खाता खोलियो ।
म लगायत मेरा १५ ,२० जना साथीहरुलाई पनि एड गरिदिएँ
त्यस्पछी गोडा एक हप्ता सम्म श्रीमती सग मिठा मिठा म्यासेज चल्यो 
एक दिन बिहानै श्रीमतीले फोन गरिन र भनिन

( काले मेरो फेस्बुक त के भयो के ? खुल्दै खुलेन )

आखिर के भएको रहेछ भनी मैले खोली हेरेँ ।
राम ! राम !! इन्बक्स मा 40 unread message 
अनुमानित ३५ देखी ४० जनाको फ्रेन्ड request 
उन्को खातामा जम्मा एउटा फोटो थियो त्यसैमा पनि ३५ like 
poke पनि कती हो कती :V

फोटोमा कमेन्ट पनि कसैले nice pic रे , कसैले looking sexy रे
आदी इत्यादि । 
अनी यो सब छोडेर मैले म्यासेज हेर्न तर्फ लागे
त्यहाँ कतिपय पारीचित मित्र हरुको म्यासेज रहेछ ।
फोटोमा त looking sexy भन्नेले भित्री म्यासेजमा त के लेखे भन्ने
कुरा यहाँ नगरि राखौँ । 

यो सब त भई हाल्छ तर एउटा कुरा भने अचम्म लाग्यो मलाई
घरि घरि मेरो wall मा फलानो लाई चिन्छस भनेर मेरो एउटा पुरानो
साथीलाई फेस्बुक ले देखाइ रहन्थ्यो र मैले उस्लाई add request पनि
पठाएको थिए उस्ले अहिले सम्म मलाई accept गरेको थिएन मैले
सोचेको थिए बिचरालाई फेस्बुक चलाऊन आउँदैन होला
समय नभएर होला
साले ले id बिर्सिएर होला
तर म गलत रहेछु किनकी उस्लेत दिनहुँ फेस्बुक खोल्दो रहेछ
यो कुरा मैले उस्ले inbox मा पठाएको म्यासेज र friend request ले
थाहा पाएँ 

फेरी अर्को म्यासेज हेरेँ त्यहाँ लेखिएको थियो

(.. जी तपाईं धेरै राम्री हुनुहुदो रहेछ मैले तपाईंको फोटो हेरेर थाहा पाएँ
मैले like पनि गरेको गरेको छु )

साले यो पनि मेरै साथी थियो जो म सँग add छ तर मैले दिनहुँ मेरो
फोटो हाल्छु त्य्सको भाँचिएको औँलो ले अहिले सम्मको ईतिहासमा
कहिले पनि मेरो फोटो like गरेको छैन 

त्यतिकैमा एउटा नया म्यासेज आयो

( hello .. जी के छ तपाइको हाल खबर ??
तपाइँ त कस्तो निस्ठुरी हुनुहुदो रहेछ मैले
तिन चोटी म्यासेज गरिसके तपाईले त केहिपनि जवाफ दिनुहुन्न ?)

यो साले पनि मेरै साथि हो जसलाई मैले आज सम्म १० ओटा म्यासेज
गरिसके होला तर अहिले सम्म मलाइ कुनै प्रति उत्तर दिएको छैन 

फेरी पनि अर्को म्यासेज देखे त्यहाँ लेखिएको थियो

( ..जी i love you )

यो साले पनि आफ्नै साथि थियो जसले गफ हाक्ने गर्दथ्यो मेरी श्रीमतीनै
मेरोलागि सबैकुरा हुन् :V

यति देख्दा पनि मलाइ उनिहरुदेखी रिस उठेको त छैन किनकि मेरी श्रीमतीले
मलाइ बाहेक अरुलाई replay गर्दिनन
किनभने उनले रोमन मा लेखेको बुझ्दिनन र एदी replay गरिहालिन भनेपनि
म बाहेक अरु कसैले बुझ्न सक्दैनन 
म आफैलेपनी तिन चोटी पढेपछि मात्र अन्दाज लगाउछु उनले के भनेकी हुन् भन्ने 

अझ म उनीहरुलाई धन्यवाद दिन चाहन्छु किनकि उनीहरुले मेरो बिगत लाइ
सम्झाई दिएका छन् 

मतलब कुनै बेला म मेरो साथीहरुको पनि बाउ थिए