अवैधानिक आशा देखाएर ग्राहक ठगेको भन्दै अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अनेक बहाना बनाएर ग्राहकलाई डबल धमाका भन्दै ठगी गरेको आरोपमा एनसेल विरुद्ध सर्वसाधारणले उजुरी गरेका हुन् । उजुरी गर्नेको नाम भने गोप्य राखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार एनसेल छानबिनको दायरामा छ । प्रचार–प्रसारमा करोडौं रूपैयाँ खर्च गरेर ग्राहकलाई ठगी गर्दै आएको एनसेलले ल्याएको डबल योजनाले ग्राहकलाई झुक्याएको उजुरीमा जनाईएको छ । उजुरी दूरसञ्चार प्राधिकरणमा पनि परेको छ । कम्पनीले उद्योगपतिदेखि बैंकरलाई समेत आर्थिक प्रलोभनमा पारेर ठूलो रकम असुल गर्ने तर असुल गरेअनुसारको सेवा नदिएको ग्राहकको आक्रोश छ ।
No comments :
Post a Comment