- कम्प्युटर तथा ल्यापटपको सफाइ गर्दा जहिले पनि त्यसलाई बन्द राख्नुहोस्। जसले गर्दा कुनै कि वा बटन थिचिएर कम्प्युटरमा गलत आदेश नजाओस्।
- कम्प्युटर तथा ल्यापटप सफा गर्दा प्लास्टिकको सुख्खा चप्पल लगाउन वा म्याटमा टेक्न नभुल्नुहोस्। ताकी करेन्ट नलागोस्। सबै भन्दा राम्रो उपाय चाहिँ सबै खालका कम्प्युटरका पावर प्लगलाई घरको स्वीचबक्स वा पावर प्लगबाट झिक्नु हुन्छ।
- कम्प्युटरको स्क्रीनको सफाइ गर्दा कमलो कपडा प्रयोग गर्नुहोस्। कटनको कपडाले सफा गरेको खण्डमा त्यसमा रेसा बस्दैन भने स्क्रीन कोरिने समस्या पनि आउँदैन।
- कम्प्युटर सफा गर्न प्रयोग गरेको कपडा चिसो हुनुहुँदैन। पानी वा तेलको चिसोपन रहेको खण्डमा त्यसले थप दाग, धब्बा पैदा गर्छ।
- कम्प्युटरको भित्री भाग अर्थात् सीपीयू भित्र सफाइ गर्नका लागि हावा फाल्ने (ब्लोअर) वा कमलो ब्रसको प्रयोग गर्न सकिन्छ। ब्लोअर छैन भने हेयर ड्रायर पनि प्रयोग गर्न सकिन्छ। ड्रायर प्रयोग गर्दा लगातार धेरै समय भने गर्न हुँदैन।
- माउस सफा गर्नका लागि भने माउसलाई सफा कागज माथि राख्नुहोस्। यसरी राखेपछि केही क्षण दायाँ बायाँ गर्दा माउसको तल्लो भागमा जम्मा भएको फोहर कागजमा खस्छ
facebook search: bidurbha@gmail.com bidurbha@outlook.com धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई शीर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई स्व गोपाल योन्जन
Friday, August 9, 2013
ल्यापटप सफा गर्दा ध्यान दिनुस्
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment