'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: काठबाटै विचित्र कला (फोटोफिचर सहित)

Wednesday, August 7, 2013

काठबाटै विचित्र कला (फोटोफिचर सहित)


प्रकृतिको संरक्षणको दायित्व मान्छेको हातमा छ भन्ने कुरा बुझाउनका लागि गुरुहरुले विभिन्न प्रवचन देलान्, वातावरणविद्हरुले विभिन्न दृष्टान्त प्रस्तुत गर्लान् अनि कतिपयले मज्जाले यहीँ विषयमा डलरको खेती गर्लान् । तर अमेरिकी कलाकार पाउल बालिकरले पनि यो कुरा बुझाउन कुनै आइतबार कुरेनन् र कुनै पट्यारलाग्दो कुरा गरेनन् । उनले निकै मनमोहक र अनौठो कलाकृति तयार पारे र सबैलाई एकचोटी सोच्न बाध्य बनाए ।
1
कल टू एक्सन अर्थात् कार्यका लागि आव्हान शीर्षकको उनको उक्त अद्वितीय कलाकृति काठबाट बनेको छ । हाँगाबिँगा जस्ता रुखका आकृति छन्, जसमा विभिन्न वन्यजन्तु अडिएका छन् भने बीचमा एक जना मान्छेले हातमा विश्वको ग्लोब लिएर बसेको छ ।
आफुले हातमुख जोर्नका लागि मूर्ति खोप्ने गरेको र भविष्यमा कहाँ पुगिन्छ भन्ने कुराको आफुलाई कुनै सपना नरहेको उनी बताउँछन् । तथापि आफ्नो कलाकृतिबाट मानिसले वातावरणीय सन्देश प्राप्त गर्ने र प्रकृतिमा आफ्नो भूमिकाबोध गर्ने आशा उनको छ । देवदारको काठबाट तयार पारिएको उनको यो भिमकाय काष्ठकला १३ फिट अग्लो र १३ फिट चौडा छ । यो पूर्ण मूर्ति र यसमा रहेका विभिन्न वन्यजन्तुका आकृतिका तस्वीर यस्ता छन्
MAGNIFICENT SCULPTURE MADE ENTIRELY OF WOOD34567

No comments :

Post a Comment