'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: एक करोडमा म, एनसेलबाट ठगिने

Monday, August 5, 2013

एक करोडमा म, एनसेलबाट ठगिने

एक करोडमा म, एनसेलबाट ठगिने

नेपाल टेलिकमको सेवामा समस्या बारे धेरै बहस भए | धेरै सिम वितरण गरेर यो समस्या आएको हो कसैले भने कसैले टावर सबै स्थानमा पर्याप्त नहुदा समस्या थपिएको हो | घरि फोन लाग्ने, घरि उपलब्ध नहुने, समस्याबाट आक्रान्त भएपछी अलिअलि आवाज उठ्यो, यदाकता पत्र पत्रिकामा समाचार लेखे पत्रकार र लेखक महोदयले | पत्रिकाले पनि मज्जाले छापे किनकि नेपाल टेलिकमले एनसेल जस्तो बिज्ञापन दिएर रेडियो, टिभी, पत्रिकाको स्पेस किनेको थिएन | नेपाल गरिब छ जनता धनि छन् भन्ने एनसेललाइ मज्जाले थाहा छ | पत्रिका, टिभी पैसाको खेति गरेपछि आफ्नो पक्ष्यमा लेख्छन भन्ने पनि थाहा छ | एनसेलले गतिलो आइडिया निकाल्यो | 'सिममा पैसा भर, सित्तैमा देउ, अनेक प्रलोभन देखाऊ, प्रयोगकर्ताबाट हिसाब उठाउ' | एनसेलले भन्ने गर्छ, एक करोड आफ्ना प्रयोगकर्ता छन्, उसले कान्तिपुरमा एक लाखको बिज्ञापन दियो भने एउटा विज्ञापनको प्रलोभनमा एक करोड प्रयोगकर्ताले त्यसको नया अफर बारे बुझ्न र प्रयोग गर्न लालायित हुन्छन | एक पटक एउटा सेवा लिदा ६ रुपिया देखि १२ रुपियासम्म लाग्छ | एक करोडले एक पटक एउटा सेवा सुचारु गर्न मेसेज गर्दा लागेको पैसा रु६ का दरले ६ करोड हुन्छ | अनि कसरि एनसेलले पैसा झर्दो रैछ त | पत्रकार महोदयले एनसेलको बारेमा सानो न्युज मात्र लेखे भने त्यसको १० पटक सम्पादन हुन्छ | एनसेलको बढाईचढाई गरेर ३ गुना लामो न्युज बन्छ | त्यो समाचार छापे/सुनाए बापत एउटा बिज्ञापन पत्रिका,टिभीलाइ पक्का | हजारौ, लाखौ खर्चेर | यता करोड जनता लुट्ने त्यहि पैसाले टिभी/पत्रिका/रेडियोमा बिज्ञापन दिएर एनसेल सबैको आँखामा पर्ने | गजबको आइडिया |

एनसेलका आधिकारिक सिम बिक्रेताले कति कमाउछन ?
रु ९९ मा ल्याएर रु १०० मा बेच्नु पर्छ | एनसेलको सिम जति बेच्यो त्यति टार्गेट पुरा गरेमात्र रु १५ देखि २०-३० सम्म प्रति सिममा | उता एनसेलको प्रयोगकर्ता बढेको बढ्यै | त्यहि नया प्रयोगकर्तालाइ दुइ चार दिन १०० एम्बी खरिद गर्दा १०० एमबी सित्तैमा भनेर मेसेज गर्दै इन्टरनेट प्याकेज किन्न बाध्य पार्छ | दुइ चार दिन १००-२००, ४००-८०० गर्दै प्रयोगकर्ता रमाउछ | अब मेसेज आउदैन, प्याकेज किन्छ १ जीबी २ जीबी पाउने बहानामा, १ जीबी को १ जीबी | बिचरा एक करोडमा ठगिने एउटा प्रयोगकर्ता त्यो बन्छ | फोन कलमा पनि कहिले राम्रो, कहिले सस्तो, कहिले के योजना, कैले के योजना , केहि समय अघि माइ फाइब योजना कत्तिले ट्राइ गर्नु भयो, उसले भने अनुसार ५५६६ डायल गरेर कसले सुचारु गर्न सफल भयो माइ फाइभ छ भने कमेन्टमा लेख्नुस | त्यसको तरिका अर्को छ, विज्ञापनमा एउटा तरिका बताएको छ | ९००५ मा कल गरेर सोध्नुस भन्छ होइन यसरि गर्नुस | यसरि ठगिएर बस्दा खोइ तपाई बोलेको ? गरिब देशका जनता धनि छन् भन्ने पनि एनसेल लाइ राम्ररी थाहा छ , मेरो मोबाइल नेपाल सेल, एनसेल त्यसै बनेको होइन | धनि जनता लुट्न , त्यसको लग्यो लोन उपलब्ध गराउने सेवा सुरु गर्यो, यसको लागि लोन लिनुस भनेर पैसा सकिन नपाउदै मोबाइलमा मेसेज आउछ | लोन लिग, लोन लिग भनेर निकै जोड गर्छ | विचार गर्न भनेर एकपटक लोन लिनुहुन्छ हजुर जी ले अनि त्यो सेवा एक्टिभेट हुन्छ , अर्को महिनाबाट एनसेलको ऋणी तपाई, एक करोडमा एउटा ऋणी म | अब भन्नुहोस को ठगिदै छ, र यसको बिरुद्धमा आवाज कसले उठाउनु जरुरि छ...

No comments :

Post a Comment