'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: सित्तैमा मोबाइल सुरक्षा

Sunday, August 4, 2013

सित्तैमा मोबाइल सुरक्षा


मोबाइल फोन, यो अनि आवश्यकताको साधन बनिसकेको छ। आफन्त तथा साथीभाईसँग मात्र होइन व्यवसायका लागि पनि सम्पर्कको माध्यम नै बनिसकेको छ यो। यो सानो उपकरणले नै विश्व एउटा गाउँ भएको अनुभूति गराउँछ। यो सानो आयाताकार बट्टाका रुपको बेतारे फोन। जो गोजीमा बस्छ अनि सूचना, मनोरञ्जन र उत्पादक सोचको विकास गर्छ। त्यसो त यो साधन स्टाटस सिम्बोल पनि बनिसकेको छ। कुन ब्राण्ड अनि कति मुल्यको भन्ने कुराले पनि धेरै महत्व राख्न थालेको छ। सामसु या एप्पल अनि आइफोन फाइभ की ग्यालेक्सी एस थ्री भन्नेले महत्व राख्ने र सम्पन्नता देखाउने समाज बनिसकेको छ। हरेक उमेर समुहमा।
उत्पादक सोच देखी अध्ययन र कारोबारको माध्यम सम्म बनेको मोबाइल स्मार्ट प्रविधिका साथ चतुरो बनिसकेको छ। बैंकको चेकको काम समेत गर्ने मोबाइलमा लामो यात्रामा निस्कँदा ठूला ठूला पुस्तक राखेर अध्ययन पनि गर्न सकिन्छ। वास्तवमा मेमोरी कार्डको एउटा छेउमा पुस्तकालय बनाउँछु भने पनि सकिने बनेको छ मोबाइल। यो एउटा क्यामेरा पनि हो अनि इन्टरनेट चलाउनका लागि कम्प्युटर अनि सिनेमा र गीत हेर्नका लागि टीभी पनि यही हो। यति धेरै सुविधाका साथ आएको यो उपकरण चलाउने मात्र स्मार्ट भएका छैनन्। यी उपकरणमाथि आक्रमण गरेर मोबाइलका डाटा चोर्नेहरु पनि निक्कै चलाख भएका छन्। जसले दिनरात तपाइँको फोनमा भाइरस र स्माप पठाउने अनि हैरानी दिने ध्यानमा मात्र हुन्छन्। जसका कारण मोबाइल फोनमा समस्या आउने र कामै नलाग्ने अवस्था समेत बन्दछ।
त्यसैले मोबाइल फोन बोक्नेहरुले यसमा रहेका सुविधाबाट मख्ख मात्र होइन चलाउँदा सावधानी पनि अपनाउनुपर्छ। अध्ययनहरुले विभिन्न एप डाउनलोड गर्दा वा असुरक्षित नेटवर्कसँग जोडिँदा स्मार्टफोनमा भाइरस र स्पामको खतरा हुने बताइरहेका छन्। यसखालको भाइरस र स्पाम आक्रमणबाट जोगिनका लागि तपाइँले आफ्नो मोबाइलमा एन्टीभाइरस सफ्टवेयर राख्नु आवश्यक हुन्छ। त्यसका लागि बजारमा निक्कै धेरै एन्टीभाइरस सफ्टवेयर उपलब्ध छन्। वास्तवमा यो कम्प्युटरमा एन्टीभाइरस राख्नु जस्तै हो। कम्प्युटरमा जस्तै मोबाइलका लागि पनि विभिन्न सफ्टवेयर निर्माताले निशुल्क एन्टीभाइरसहरु उपलब्ध गराइरहेका हुन्छन्। ती मध्ये चुनिएका र धेरै एण्ड्रोइड प्रयोगकर्ताले सुरक्षाका लागि राख्ने गरेका यी हुन्
एभास्ट
02 free antivirus for android avast! Mobile Security
कम्प्युटरका लागि यही नाममा एन्टीभाइरस विकास गरेको कम्पनीले तयार पारेको यो एन्टीभाइरसले मोबाइललाई भाइरस आक्रमण तथा स्पामरबाट सुरक्षित राख्दछ। यसले मोबाइलका साथै ट्याब्लेटमा पनि गोपनीयता, भाइरस आक्रमण साथै स्पामबाट सुरक्षा दिन्छ। विश्वका एक करोड भन्दा बढी प्रयोगकर्ताले प्रयोग गरिरहेको यो एप यहाँ छ।
एभीजी
03 free antivirus for android Antivirus Security - FREE
कम्प्युटर तथा मोबाइल उपकरणमा भाइरसबाट जोगाउनका लागि विश्वभर निशुल्क प्रयोग हुने एन्टीभाइरस मध्ये लोकप्रियमा पर्छ एभीजी एन्टीभाइरस। स्मार्टफोनका लागि पनि एभीजीले निशुल्क वितरणका लागि एन्टीभाइरस बनाएको छ। जसले भाइरस, स्पाम, मलवेर र स्पाइवेयरबाट मात्र होइन मोबाइल चोरी हुनबाट पनि जोगाउँछ। यो एन्टीभाइरसले तपाइँको एन्ड्रोइड फोनमा तपाइँका एसएमएस साथै नीजि डाटा सुरक्षित राख्नमा सहयोग गर्छ। यो यहाँ निशुल्क उपलब्ध छ।
कोमोडो04 free antivirus for android COMODO Mobile Security
कोमोडो मोबाइल सेक्युरिटीले रियल टाइममा तपाइँको मोबाइल फोनमा उत्पन्न हुने कुनै पनि सुरक्षा चुनौतीलाई समाधान गर्छ। यसले मोबाइलमा भाइरस, स्पाइवेयर, स्पामबाट मात्र होइन विभिन्न सुरक्षाका दृष्टिले सम्झौता गर्नुपर्ने एपहरुबाट उत्पन्न हुने खतराबाट पनि जोगाउँछ। साथै यसले मोबाइलमा तपाइँले गरेको सेटिका कारण हुन सक्ने खतराबाट पनि जोगाउँछ। मोबाइलमा भएका गोप्य कुराकानी र एसएमएसका लागि यसले छुट्टै नीजि क्षेत्र पनि तयार गर्छ। जसका कारण तपाइँको श्रीमती वा छोराछोरीले मोबाइल चलाउँदा ती कुराहरु गोप्य नै रहन्छन्। यो एप यहाँ छ।

No comments :

Post a Comment