२२ साउन, काठमाडौं । राजधानीमा नेपाल टेलिकमको जिएसएम थ्रीजी इन्टरनेट सेवामा चमत्कारिक सुधार आएको छ । टेलिकमले थ्रीजीका पुराना बिटिएस परिवर्तन गरी त्यसका ठाउँमा नयाँ बिटिएस प्रतिस्थापन गरेपछि थ्रीजी सेवामा चमत्कारिक सुधार आएको हो । अहिले बिटिएस प्रतिस्थापन गरेका स्थानहरुमा थ्रीजी इन्टरनेट सेवा निकै छिटो चल्न थालेको छ ।
बिटिएस परिवर्तन गर्ने काम सकिएपछि राजधानीमा थ्रीजी सेवामा ठूलो सुधार आउने टेलिकमका इञ्जिनियर निर्मल घिमिरले बताउनुभयो । अत्यन्त न्यून गतिमा सञ्चालन भइरहेको थ्रीजी इन्टरनेट सेवा बिटिएस परिवर्तन गरेपछि ८ एमबिपिएसको उच्च गतिसम्म चल्न सक्ने टेलिकमको दाबि छ । टेलिकमले राजधानीमा बिटिएस फेर्ने कास सिध्याएपछि पोखरामा सुरु गर्ने बताएको छ ।
मोबाइलमा थ्रीजी इन्टरनेट उच्च गतिमा चल्न थालेपछि राजधानीबासी दङ्ग पर्न थालेका छन् ।
No comments :
Post a Comment