कोरियाली स्मार्टफोन निर्माता सामसुङको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले आइतबार देखी ग्यालेक्सी एस फोर मिनी बजारमा उतारेको छ। आइएमएसले नेपालको लागि यसको मूल्य ५१ हजार पाँचसय तोकेको जानकारी दिएको छ। छिमेकी मुलुक भारतमा ४१ हजार नेपाली मूल्यमा उपलब्ध फोन नेपाली बजारमा भने १० हजार महँगो रहेको छ। भारतमा सामसुङको आफ्नै अनलाइन स्टोर पनि रहेको छ। अनलाइन स्टोरमा खरिद गरिएका मोबाइलमा सामसुङले दिने सबै खालका अफर र वारेन्टी ग्यारेन्टी पाइन्छ।
आँखाको इशाराले चल्ने ग्यालेक्सी एस फोर निक्कै लोकप्रिय भएपछि सामसुङले सस्तो मूल्यको एस फोरका रुपमा ग्यालेक्सी सिरिजमा नै एस फोर मिनी ल्याउने घोषणा गरेको थियो। दुर्इ सीम प्रयोग गर्न सकिने यो फोनमा ४.३ इन्चको डिस्प्ले रहेको छ भने १७ गीगाहर्जको प्रोसेसर रहेको छ। ८ मेगापिक्सलको क्यामेरा रहेको यो फोनमा ३.७८ जीबी आन्तरिक मेमोरी प्रयोगकर्ताले उपयोग गर्न सक्छन्।
विशेषताः
विशेषताः
- वाइड भ्यू सहितको क्यूएचडी सुपर एमलोइड डिस्प्ले।
- आवाजले फोटो खिच्न सकिने साउण्ड एण्ड सट सुविधा।
- रातीको समयमा थोरै प्रकाशमा पनि फोटो खिच्न सकिने, राम्रो फोटो, राम्रो अनुहार तथा पानोरामा र गतिशिल वस्तुहरुको तस्विर लगातार खिच्न सकिने सुविधा सहितको क्यामेरा।
- १९०० एमएएचको शक्तिशाली ब्याट्री।
कमजोरीः
- मूल्य महँगो। सुविधा र प्रतिस्पर्धात्मक बजारको हिसाबमा हेर्ने हो भने यो फोन महँगोमा गनिन्छ।
ग्यालेक्सी सिरिजका ग्राण्ड, एस थ्री र एस फोर चलाइसकेकाका लागि यो फोन खासै राम्रो लाग्दैन।
No comments :
Post a Comment