'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: दिल खोलेर यस्ता रमाईला उपहार बाड्नुस्

Saturday, August 3, 2013

दिल खोलेर यस्ता रमाईला उपहार बाड्नुस्

- तपाईले आफ्नो आफन्त साथीभाई तथा ईष्टमित्रलाई शुभकार्यको अवसर पारेर कत्तिको उपहार दिदै आउनुभएको छ ? भनिन्छ उपहारको विशेष महत्व छ , मायाँ एवं सम्झना दिलाउन पनी उपहार लिने/दिने गर्नुपर्छ । 
अझ ईन्टरनेटका साथीहरुहरुलाई  के कस्तो उपहार वाड्दै आउनुभएको छ ? शव्दको साथसाथै यसो रमाईला गिफ्टपनी पठाउदा कसो होला ? एनिमेटेड रमाईला एवं आकर्षक  उपहारको खोजीमा हुनुहुन्छ भने मेरो कलमले केहि उत्कृष्ठ गिफ्ट साईटको वारेमा जानकारी लिएर आएको छ ।


१. Giftbin

 उपहार वाड्नको लागी धेरै भन्दा धेरै मानिसहरुले यो साईटको प्रयोग गर्दै आएका छन् । Giftbin ले धेरै भन्दा धेरै आकर्षक र चर्चित भईसकेका फोटोलाई एनिमेटेड गर्दै अझ आकर्षित गर्ने काम गर्दै आईरहेको छ । आफ्नो साथी एवं आफन्तको लागी रमाईला, आकर्षक फोटोहरु सजिलै वाड्नको लागी एवं  व्लग तथा बेवसाईटमा सेयर गरेर आफ्नो कन्टेन्टलाई अझ आकर्षक वनाउन यो साईटले तयार पारेका एनिमेटेड फोटोहरुको प्रयोग गर्न सक्नुहुन्छ । 

२. Awesomegifs

Awesomegifs पनी अनलाईनमा एनिमेटेड फोटो सेयर गरेर खुसी मनाउनेहरुको लागी उत्तिकै महत्वपुर्ण र चर्चित साईट हो । उपहार दिन रुचाउनेहरुले यो साईटको भरपुर प्रयोग गर्ने गर्दछन् । साथै अर्को मज्जा के पनी छ भने कसरी ऐनिमेटेड गिफ्ट फोटो तयार गर्ने भनेर सिकाउने पनी हुदा तपाई आफ्नै कम्प्युटरका ईमेजलाई पनी आकर्षक ढगंमा तयार पार्न सक्नुहुन्छ ।

३. Tumblr

 अझ धेरै फन्नी फोटो चाहनुहुन्छ भने Tumblr मा जानुस् । तर यसमा भने तपाईले एकाउण्ट लगईन गर्नुपर्ने हुन्छ । साथै के कस्तो ऐनिमेटड फोटोहरु चाहनुहुन्छ, भनेकै जस्तो उपलव्ध गराउने यो साईटले ठोकुवा गरेको छ । भनिए अनुसार यसले धेरै भन्दा धेरै गिफ्टहरु अपलोड भईरहेको छ र फोटो उपहार वाड्न चाहनेहरुको निकै घुईचो लाग्ने गरेको छ । 

४. Gifs.net
  Gifs.net ले त अझ १३ हजार भन्दा वढी रमाईला एवं निशुल्क एनिमेटेड उपहार तपाईको लागी तयार गरेका छौ भनेको छ । त्यतिमात्रै हैन आफ्नो व्लग बेवसाईट एवं ईमेलमा धेरै भन्दा धेरै रमाईला फोटोहरु सेयर गर्न चाहनुहुन्छ भनेपनी सक्नुहुन्छ । साथै यसमा भने जिवजन्तु, कार्टुन, कम्प्युटर, खेलकुद सगँ सम्वन्धीत एनिमेटेड गिफट्हरु वढी भन्दा वढी पाउन सक्नुहुन्छ । 

५. Gifsoup
 Gifsoup ले भने युट्युवमा भेटिएका रमाईला भिडियोलाई गिफ्टमा परिणत गर्ने काम गर्दै आएको छ । भन्नासाथ अनलाईनमा रमाईला एनिमेटेड फोटोहरु पाउन गाह्रो हुदा पनी यो साईट  प्रयोग लाभदायी हुनसक्छ । ईन्टरनेटको प्रयोग गर्दै गर्दा गिफ्टको लागी यत्तिका महत्वपुर्ण साईटहरु पाएपछि किन खुसी वाड्नको लागी प्रयोग नगर्ने ?

No comments :

Post a Comment