मुलुकभर सञ्चालनमा रहेका क्षत्रीय तथा राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक वर्ष २०६९/०७० को वाषिर्क मुनाफा सार्वजनिक गर्न थालेका छन् । यस अवधिमा कामना विकास बैंकले ७ करोड ७५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । पोखरामा मुख्य कार्यालय रहेको बैंकले सो अवधिमा २ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने १ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।
अधिकृत पुँजी ६४ करोड, जारी पुँजी २० करोड र चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको बैंकले लघुवित्त कार्यक्रम सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको छ । हाल ९ शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको बैंकले तनहुँ, नवलपरासी र वुटवलमा शाखा विस्तारको तयारीमा छ ।
सोही अवधिसम्म बागेश्वरी डेभलपमेन्ट बैंकले १३ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । कुल पुँजी २४ करोड २२ लाख रुपैयाँ रहेको बैंकले हाल बाँके, दाङ र सुर्खेत जिल्लालाई कार्यक्षेत्र बनाई बैकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैंकलाई राष्ट्रिय स्तरको विकास बैंकमा परिणत गर्न सांगि्रला डेभलपमेन्ट बैंक पोखरासँग मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ ।
पोखरामा मुख्य कार्यालय रहेको कास्की फाइनान्सले असारमसान्तसम्म ६ करोड २२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेकेा छ । कम्पनीका हाल विभिन्न स्थानमा ९ शाखा रहेका छन् ।
विराटलक्ष्मी विकास बैंकले असार मसान्तसम्म १० करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । यस अवधिमा बैंकले ३ अर्ब २५ करोड ६३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको बैंकका कार्यकारी अधिकृत तथा सञ्चालक प्रभुप्रसाद पराजुलीले जानकारी दिनुभयो । विराटनगरमा केन्द्रीय कार्यालय रहेको बैंकले मोरङ, सुनसरी र झापामा गरी १३ शाखा र एक एक्सटेन्सन काउन्टर विस्तार गरिसकेको छ ।
बागेश्वरी डेभलमेन्ट बैंकले असार मसान्तसम्म १३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकले विगत दुई आर्थिक वर्षको नाफाबाट ३५ देखि ४० प्रतिसतसम्म बोनस तथा लाभांस दिने जनाएको छ । साथै, चुक्तापुजी २४ करोड २२ लाख रुपैयाँबाट ३२ करोड पुर्याउने तयारीमा बैंक व्यवस्थापन रहेको छ । बैंक पोखराको सांग्रीला डेभलपमेण्ट बैंक लिमिटेडसँग गाभिने तयारीमा रहेको छ । मर्ज पछि राष्ट्रिय स्तरको विकास बैंक बन्ने छ ।
No comments :
Post a Comment