'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: साँझ झमक्कै परेको थियो,

Saturday, August 3, 2013

साँझ झमक्कै परेको थियो,

साँझ झमक्कै परेको थियो,
बस बाट ओर्लिएर जसै रिक्सा वाला लाइ बोलाएँ,
उ हतार हतार मेरो नजिक आयो,
मैले आफ्नो गन्तव्य सम्मको 'भाडा' को बारेमा सोधपुछ गरें,
उसले ३० रुपैया लाग्ने बतायो,
मैले २० मात्र दिन सक्ने बताएँ,
उसले साँझ को समय भएको र गन्तव्य अलि टाढा भएको ले गर्दा,
रु ३० बढी नहुने बतायो,
मैले आफ्नो बलबुता ले 'भाडा' कम गराउने सक्दो प्रयास गरें !!
अन्त्य मा २५ रुपैया मा हाम्रो सहमति कायम भयो !!

रिक्सा अलिकति अघि बढ्यो,
मैले 'गोजी' बाट एउटा 'पानपराग' को प्याकेट खोलेर एकै फाँको मा मुखमा हालें,
अलिकति पिएर आएकोले ले होला,
तलतल मेटिएन,
एउटा चुरोट जलाएँ,
बुङ्ग धुवा उडाए !!
चुरोट र लाइटर को उज्यालो ले होला,
एउटा अचम्म को दृश्य देखें,
अनि केहि बेर नियालेर हेरें,
रिक्सा वाला को एउटा 'हात' नै रहेनछ !!


'जाँड' 'रक्सि' अनि 'चुरोट र पानपराग' को निम्ति
सजिलै २०/५० रुपैया खर्चिन सक्ने मान्छे लाइ,
आफ्नो खुन पसिना बगाएर मेहनत-मजदुरी गर्ने,
अनि हामीलाई हाम्रो गन्तव्य सम्म पुर्याउने मान्छे लाइ,
५/१० रुपैया को निम्ति भए भरको 'बल' 'बिबेक'प्रयोग गरेर,
उ संग ५/१० रुपैया को निम्ति 'दलाली' गरेको मा आफै संग पछुतो भयो !!
उ भन्दा निरिह भए झैँ महसुस भयो आफै संग !!

सोधें-
'दाइ तपाइको त एउटा हात नै छैन नि.. फेरी कसरि चलाउनु हुन्छ रिक्सा'
उसले सहजै भन्यो-
'अर्को हात सद्दे छ मेरो,
रिक्सा चलाउने भनेको खुट्टा ले हो !
खुट्टा सकुसल छन मेरा !
एउटा हात नै काफी छ मलाई रिक्सा चलाउन,
फेरी यो हात र खुट्टा को बिचमा एउटा पेट पनि त छ नि..
जस को निम्ति मैले केहि न केहि गर्नै पर्ने हुन्छ,
फेरी जहान परिवार को बारेमा पनि सोच्न परेको छ मैले'' !!

उसको जवाफ ले मलाई अवाक बनायो,
शब्द बिहिन भएँ म,
मेरो मुख बाट फुत्कियो-
'मलाई यहि छोड दिनुस दाइ,
म पैदल नै जान्छु या अर्को रिक्सा लिन्छु तपाइको भाडा म दिने छु'' !!

उसले बडो शानले भन्यो-
'मेहनत गरेर खान्छु भाइ,
फ्री मा कसैको केहि लिन्न,
अपांग-अशक्त छु,
बेइमान छैन,
बस्नुस...
म आराम ले तपाइलाई तपाइको गन्तव्य सम्म पुर्याई दिन्छु !!

म अवाक चुप चाप बसें,
उ आफ्नै सुर मा रिक्सा हाँकी रहेछ !!

केहि तल एउटा सानो चिया-नास्ताको पसल छ,
त्यहाँ उसले रिक्सा रोक्यो,
खुत्रुक्क ओर्लियो,
२/४ रुपैया को भुजा-प्याजी-आलुचप-कचौड़ी किन्यो,
एउटा प्लास्टिक को थैलो मा हालेर रिक्सा को अगाडी झुनड़यायो,
अनि रिक्सा फेरी अघि बढायो !!
बाटोमा उसले भन्यो-
'घरमा स-सानो छोरा-छोरी छन,
दिनभरी घर मा हुन्न,
'साँझ' मा घर जादा यस्तै केहि लगिदिन्छु,
धेरै खुशी हुन्छन,
रमाउछन,
उनीहरुको खुशीमा म पनि आफ्नो दिनभरिको थकान बिर्सिन्छु,
अनि आराम ले निदाउछु !!


उसको गफ संगै मेरो गन्तव्य आइपुगेछ,
रिक्सा बाट ओर्लिएँ,
उसलाई कबुले भन्दा केहि बढी नै भाडा दिएँ,
लिन मानेको थिएन,
भोलि तपाइँ को नानी हरुलाई केहि किनेर दिनु होला,
मैले दिएको भने पछी,
बल्ल बल्ल पैसा समाए !!

म आफ्नो घर तिर बढें,
घरमा मेरा छोरा-छोरी पनि बाटो कुर्दै बसेका थिए,

झोला दिएँ,

बिहानै घर बाट निस्कने बेलामा नै,
उनीहरुको माग थियो-
केहि 'कैडबरी-आइस क्रिम-चकलेट-जुस अनि केक' हरुको..
उनीहरु को समान पाएर उनीहरु अत्यन्तै खुशी भए,
रमाए.......

सायद ति रिक्सावाला दाइ को छोरा-छोरी पनि त्यसरी नै रमाए होलान,
त्यो 'भुजा-प्याजी-आलुचप अनि कचौड़ी' पाएर !!

No comments :

Post a Comment