'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: घरबाट परदेश हिड्नु अघि मैले

Monday, August 5, 2013

घरबाट परदेश हिड्नु अघि मैले

घरबाट परदेश हिड्नु अघि मैले 
४/५ जोर सर्ट पाइन्ट किनेको थिएँ,
त्यो सर्ट पाइन्ट को रंग संग मिल्ने 
धागो 
टाँक/बटन 
सियो
अनि यस्तै यस्तै खत्र्याक खुत्रुक समान हरु !

सोचेथे,
यस्ता स-साना समान मा 'पैसा' खर्च गर्न नपरोस,
बचाउन सकियोस !

रोजा-रमदान को समय मा आधा छुट्टीको मौका पारेर
पुराना आफ्ना समान हरु मिलाउने
सरसफाई गर्ने क्रम मा ति समान हरु देख्दा
आफै लाइ कस्तो कस्तो लाग्यो .......

कोठा को सरसफाई गर्ने क्रम मा भेटिएका रक्सि का खालि बोत्तल
खैनी/सुर्ती र गुट्खा का खालि डब्बा र खोल हरु ले

ति सियो धागो र टाँक हरु तर्फ हेर्दै
आफै लाइ गिज्याएको जस्तो लाग्यो !

मैले ति सियो धागो र टाँक हरु को बट्टा मा लागेको धुलो मैला हरु पुछेर
फेरी एउटा कुनामा थन्क्याएं ...
तर मन को मैलो पुछ्न सकिन !!

No comments :

Post a Comment