'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: यी एपमा हेर्नुस् भिडियो

Sunday, August 4, 2013

यी एपमा हेर्नुस् भिडियो

मोबाइल फोन कुराकानीका लागि मात्र रहेन। न त यो सन्देश वा इनटरनेट चलाउनका लागि मात्र रहृयो। वास्तवमा मोबाइल फोन यतिखेर सूचना, मनोरञ्जन र शिक्षाको एउटै माध्यम बन्न पुगेको छ। कुनै बेला थियो गीत सुन्नका लागि बडेमानको क्यासेट प्लेयर हुन्थ्यो। भिडियो वा फिल्म हेर्नका लागि टिभीसँगै भिसिआर। यतिखेर मोबाइल फोनले ती सबै उपकरणलाई विस्थापित गरिदिएको छ। अब क्यासेट प्लेयर अनि भिसिआर दुवैको काम गर्ने भइसकेको छ मोबाइल फोन। स्मार्ट प्रविधिले लेस भएपछि त मोबाइल फोन कम्प्युटर भन्दा पनि बढि लाभदायक बनेको छ। मनोरञ्जन चाहनेका लागि त यसले संसारभरकै मनोरञ्जक र रोचक कुरा हातैमा ल्याउँछ। तपाइँ गीत संगीत वा सिनेमाको शौखिन हुनुहुन्छ भने त तपाइँको लागि सिनेमा हल नै बन्छ मोबाइल। यसले कम्प्युटर, रेडियो, टेलिभिजन मात्र होइन सिनेमाहललाई नै बिर्साउने पक्का छ। यसमा उपलब्ध सेवाहरुको व्यापकताले यसलाई मानिसका सबै आवश्यकता पुरा गर्ने जादुको भाँडो भन्दा पनि हुन्छ। यसले फोन देखी क्यामेरा अनि कम्प्युटर देखी क्यासेट सम्मको काम गर्दछ। जसका लागि यसमा सानो सफ्टवेयर राख्नुपर्छ। बस।
तपाइँ भिडियो हेर्न शौखिन हुनुहुन्छ भने त्यसका लागि पनि सफ्टवेयरहरु निशुल्क उपलब्ध छन्। स्मार्टफोनका लागि आवश्यक सफ्टवेयर निशुल्क उपलब्ध हुनुपनि यो फोन बोक्नेका लागि सुखद कुरा हो। त्यसमा पनि सित्तैमा पाइने सफ्टवेयरमा हुने विज्ञापन पनि हटाउन सकिन्छ। त्यसो त सिनेमाहरु सबै टोरेन्ट साइट र यूट्यूब जस्ता भिडियो बाँढ्ने साइटहरुमा निशुल्क डाउनलोड गर्न सकिन्छ। जसले स्मार्टफोन बोक्नेलाई थप स्मार्ट बनाएको छ। एण्ड्रोइड स्मार्टफोन बोक्नुहुन्छ भने यी एप तपाइँलाई सिनेमा वा भिडियो हेर्नका लागि सबै भन्दा उत्तम अनुभव दिन्छन्।
रियल प्लेयर
01 real player_android video app_free apps
जब गीत संगीतको कुरा आउँछ चाहे त्यो कम्प्युटरमा होस् या फोनमा त्यसको सबै भन्दा राम्रो विकल्प हो रियल प्लेयर। नोकियाको फिचर फोन होस् या सीडी सेन्टरबाट ल्याएको सिनेमा हेर्दा तपाइँले कम्प्युटरमा पनि यसको प्रयोग गरेको हुनुपर्छ। भिडियो, अडियो अनि फोटो खोज्न तथा हेर्नका लागि यो सबै भन्दा लोकप्रिय मिडिया प्लेयर हो। स्मार्टफोनमा पनि यो अनलाइन भिडियो खोजी, डाउनलोड तथा हेर्नका लागि सबै भन्दा उपयुक्त प्लेयर हो यो। जसमा एफएम सुन्न साथै उच्च गति र गुणस्तरमा भिडियो डाउनलोड एवं हेर्न सकिन्छ। यो विभिन्न नौ भाषामा उपलब्ध छ। यो एप यहाँबाट डाउनलोड गर्न सकिन्छ।
भीएलसी डाइरेक्ट प्रो
02 VLC  player_android video app_free apps
निशुल्क सफ्टवेयरका रुपमा डेक्स्कटप कम्प्युटरमा उपलब्ध यो मिडिया प्लेयर सफ्टवेयर विश्वमा धेरै प्रयोग हुनेमा मानिन्छ। किनकी अरु धेरै मिडिया प्लेयर किन्नु पर्ने सफ्टवेयर हुन्। भीएलसी प्लेयर ५० लाख जति मानिसले प्रयोग गर्ने विश्वास गरिन्छ। यसका विकासकर्ता आफैले नै ४५ लाख भन्दा बढी उपकरणमा यो प्रयोग भइरहेको दाबी गर्छन्। यसमा सजिला बटनहरु साथै मोबाइलको स्क्रिन भरिको भिडियो हेर्दा पनि गुणस्तरिय भिडियो अनुभव पाउनुहुनेछ। यसमा सजिलै ट्रयाकहरु परिवर्तन गर्न साथै प्ले, पज, स्टप अनि आवाज सानो ठूलो बनाउन सकिन्छ। यो एप यहाँबाट डाउनलोड गर्न सकिन्छ।
मोबो प्लेयर
03 Mobo player_android video app_free apps
एण्ड्रोइड फोनमा भिडियो हेर्नका लागि यो राम्रो एप हो। यसमा निक्कै धेरै कोडेकहरुको सूचि रहेको छ। यसमा जुनसुकै खालका भिडियो पनि कन्भर्सन नगरी प्ले गरेर हेर्न सकिन्छ। यसमा गुणस्तरिय प्लेब्याक अनुभव पाउन सकिन्छ। यसले धेरै प्रकारका भिडियो फरम्याट सपोर्ट गर्ने भएकाले यो एप साँच्चै स्मार्ट लाग्छ। यसमा एचडी रिजोलुसनको भिडियो हेर्नका लागि भने तपाइँको मोबाइलमा अल्लि धेरै क्षमताको प्रोसेसरको आवश्यकता पर्छ। यो एपयहाँबाट डाउनलोड गर्न सकिन्छ

No comments :

Post a Comment