'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: इन्टरनेट गति बढाउने तयारीमा एनसेल

Friday, August 9, 2013

इन्टरनेट गति बढाउने तयारीमा एनसेल


निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले डाटा सेवाको क्षमता वृद्धि गरी दोब्बर पुर्‍याउने भएको छ । अन्य कम्पनीका डाटा सेवासँग प्रतिस्पर्धा गर्न एनसेलले क्षमता वृद्धि गर्ने भएको हो । हाल ३.६ एमबिपिएस स्पिडको डाटा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले स्पिड बढाएर ७.२ एबिपिएस पुर्‍याउने जनाएको छ ।
डाटा सेवा प्रदायक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दै जान थालेपछि एनसेल गुणस्तर र क्षमता वृद्धिमा केन्दि्रत भएको हो । ‘हामीले छिट्टै् डाटा सेवाको स्पिड बढाउने तयारीमा छौं’, कम्पनीका प्रवक्ता मिलनमणि शर्माले भन्नुभयो- ‘स्पिड बढाएपछि एनसेलको डाटामा ग्राहकहरुको क्रेज झनै बढ्नेछ ।’
एनसेलको डाटा सेवाको स्पिड उच्च भएका कारण प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको प्रवक्ता शर्माले बताउनुभयो । पछिल्लो समय नेपाल टेलिकमले नयाँ बिटिएस प्रणाली राखेर जिपिआरएस सेवाको स्पिड बढाउन थालेपछि एनसेललाई प्रतिस्पर्धामा उत्रिन डाटा सेवाको स्पिड बढाउनुपर्ने नैतिक दबाब परेको छ ।
एनसेलको सेवा राम्रो भए पनि शुल्क महंगो रहेको सर्वसाधरणको गुनासो रहँदै आएको छ । तर, प्रवक्ता शर्मा भने एनसेलको भोल्यूम बेस्ड डाटा सेवाको शुल्क निकै न्यून रहेको बताउनुहुन्छ । १० जीबीको प्याकेज लिँदा ग्राहकलाई प्रति एमबी करबाहेक २९ रुपैयाँमात्र पर्ने उहाँले जानकारी दिनुभयो । ग्राहकले एनसेलको १० जीबीको प्याकेजलाई २९ सय रुपैयाँ तिर्नुपर्छ ।
प्याकेज नलिई लुजमा चलाउने ग्राहकलाई भने एनसेलको प्रतिएमबी डाटालाई करबाहेक ३ रुपैयाँसम्म पर्छ । शर्माले ग्राहकहरुलाई प्याकेजमा सेवा लिन सुझाव दिनुभयो । गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेको एनसेलले विस्तारै शुल्क समेत घटाउने तयारीमा रहेको छ । नेपालीहरु गुणस्तरमात्र नहेरी शुल्कलाई समेत हेर्ने हुँदा एनसेललाई शुल्क घटाउन पनि बाध्यता पर्ने देखिन्छ ।
‘अहिले एनसेलको टावरले ९० प्रतिशत जनसंख्यालाई कभर गर्छ’ प्रवक्ता शर्माले भन्नुभयो- ‘हामी छिट्टै शत् प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी सेवा विस्तार गर्दैछौं ।’ उहाँका अनुसार थोरै जनसंख्या भएको र जडान खर्च बढी लाग्ने ठाउँमा अहिले एनसेलको नेटवर्क उपलब्ध छैन ।

No comments :

Post a Comment