फेसबुक, सामाजिक सञ्जाल मात्र कहाँ रहृयो र? आजकल यो आम मानिसको दैनिकी बनिसक्यो। यतिखेर मानिसहरु फेसबुक इन्टरनेटको कनेक्सन जाँच गर्ने माध्यमका रुपमा समेत प्रयोग गर्न थालेका छन्। सित्तैमा उपलब्ध हुने सार्वजनिक मञ्च भएकाले सार्वजनिक चासोका विषयमा छलफल गर्ने तथा आफ्ना विचार राख्ने माध्यम पनि बनेको छ फेसबुक।
व्यवसायिक संस्था तथा प्रतिष्ठानका उत्पादन तथा सेवाको ब्राण्ड स्थापित गर्ने माध्यमका रुपमा समेत फेसबुक प्रयोग हुन थालेको छ। त्यसैले विभिन्न व्यवसायिक संस्था फेसबुकको आफ्नो पेज लाइक गर्नेहरु मध्ये छानिएकालाई विभिन्न पुरस्कार दिने योजना अगाडि ल्याइरहेका छन्। त्यसो त विभिन्न वेबसाइट तथा समाचार माध्यमहरुले आफ्नो फेसबुक पेजमा आउने लाइकलाई प्रतिष्ठाको विषय बनाइरहेका छन्। अनलाइन मिडिया चलाउनेहरुले त आफ्नो फेसबुक पेजको लाइक यति छ उति छ भनेर विज्ञापनका लागि प्रस्ताव गर्दा नै उल्लेख गर्न थालेका छन्। यी सबै गतिविधिले फेसबुकका पेजमा गरिने लाइकको महत्व देखाइरहेका छन्। त्यसो त आफ्नो स्टाटस र पोस्टमा लाइक कम हुँदा मनै खिन्न पार्ने साथीभाई पनि देख्नुभएको होला।

फेसबुकका पेज तथा स्टाटसमा लाइकको महत्व आम जिन्दगीमा पनि महशुस हुन लागेको यस्तो अवस्थामा यी पाँच यस्ता उपाय छन् जसले तपाइँको पेज तथा स्टाटसमा धेरै लाइक मिल्छन्। सामाजिक सञ्जालमा मानिसहरुको गतिविधि बारेमा विभिन्न अध्ययनहरुले पत्ता लागेका मानिसको फेसबुक गतिविधिमा आधारित रहेर तयार पारिएकाले यी उपाय तपाइँको सर्न्दर्भमा पनि उत्तिकै लागु हुनसक्छ।
फेसबुकका पेज तथा स्टाटसमा लाइकको महत्व आम जिन्दगीमा पनि महशुस हुन लागेको यस्तो अवस्थामा यी पाँच यस्ता उपाय छन् जसले तपाइँको पेज तथा स्टाटसमा धेरै लाइक मिल्छन्। सामाजिक सञ्जालमा मानिसहरुको गतिविधि बारेमा विभिन्न अध्ययनहरुले पत्ता लागेका मानिसको फेसबुक गतिविधिमा आधारित रहेर तयार पारिएकाले यी उपाय तपाइँको सर्न्दर्भमा पनि उत्तिकै लागु हुनसक्छ।
फोटो प्रयोग
आफ्नो पेज तथा एकाउन्टमा स्टाटसका रुपमा धेरै कुरा लेख्नु भन्दा आफ्ना विचार तथा भनाइ फोटोको साथमा पोष्ट गर्नु प्रभावकारी हुन्छ। अध्ययनहरुले पनि साधारण शब्दमा लेखिएका भन्दा फोटोका साथ पोष्ट भएका कुराहरुमा ५३ प्रतिशत बढी लाइक प्राप्त हुने देखाएका छन्। यस्ता पोष्टमा मानिसहरु १०४ प्रतिशत बढि कमेन्ट गर्दछन् यस्ता पोष्टको माध्यमबाट ८४ प्रतिशत बढी लिंक क्लिकको सम्भावना हुन्छ। यदी तपाइँ वेबसाइट चलाउनुहुन्छ वा तपाइँको संस्थाको फेसबुक पेज अपडेट गर्नुहुन्छ भने याद राख्नुस् पोष्ट सँधै फोटोको साथमा होस्।
८० अक्षर
फेसबुकमा कुनै पनि कुरा पोष्ट तथा स्टाटस अपडेट गर्नु भन्दा अघि यो कुरामा ध्यान दिनुस् कि तपाइँको स्टाटस तथा भनाइको लम्बाइ ८० अक्षर भन्दा धेरै नहोस्। फेसबुक चलाउनेहरु लामो लामो कुरामा प्रभावित हुँदैनन्। हुन पनि आफ्नो भनाइ जति थोरै शब्दमा राख्न सक्यो त्यो त्यति नै प्रभावकारी हुन्छ। भनिन्छ ८० अक्षर सम्म लेखिएका पोष्टमा ६६ प्रतिशत बढि मानिसहरुले समय दिन्छन्। धेरै अक्षर र शब्द प्रयोग भएका स्टाटस र पोष्ट धेरै मानिसले खासै ध्यान दिएर हेर्दैनन् चाहे त्यो जति नै महत्वको होस्।

प्रश्न राख्नुहोस्
प्रश्न राख्नुहोस्
फेसबुक जस्ता सामाजिक सञ्जालमा स्टाटस राख्दा तीनमा आफूसँग जोडिएकाहरुका लागि विभिन्न प्रश्नहरु सोध्नु प्रभावकारी हुन्छ। अध्ययनहरुबाट यो कुरा खुलेको छ कि यसरी प्रश्न सोध्नु नै पेज लाइक गर्नेहरुलाई व्यस्त राख्ने सबै भन्दा राम्रो माध्यम हो। प्रश्न राखेका पोष्टहरुले अरुको तुलनामा शतप्रतिशत बढि प्रतिक्रिया पाएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको गतिविधि बारेको अध्ययनमा भेटिएको छ।
समयको ख्याल
फेसबुक पेजमा लाइक धेरै पाउनका लागि समयको पनि ख्याल राख्नुपर्छ। नेपालीमा एउटा भनाइ नै छ नि लगन पछिको पोते के काम। त्यसैले फेसबुकमा मानिसहरुको गतिविधि धेरै हुने समय हेरेर स्टाटस तथा लिंकहरु सेयर गर्नुपर्छ। हुन त मानिसहरु फेसबुकमा विहान देखी साँझसम्म सक्रिय हुन्छन्। तर पनि दिउँसोको समय सबैभन्दा धेरै प्रयोगकर्ता सक्रिय रहन्छन्। अध्ययनले दिउँसो तीन बजेको समय सबैभन्दा धेरै फेसबुक प्रयोगकर्ता सक्रिय हुने समय देखाएको छ। कार्यालयमा खाजा खाएपछिको समय धेरै जना फेसबुकमा सक्रिय हुने भएकाले स्टाटस र लिंकहरु तीन बजेको समयमा सेयर गर्नु बढी प्रभावकारी हुन्छ।
No comments :
Post a Comment