'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: यस्तो छ ४१ मेगापिक्सल फोन

Saturday, August 3, 2013

यस्तो छ ४१ मेगापिक्सल फोन


मोबाइल फोनका लागि विश्वका अधिकांश जनसंख्याले चिन्ने कम्पनी नोकियाले फोटोग्राफिका लागि उत्कृष्ट स्मार्टफोन सार्वजनिक गरेको छ। लुमिया सिरिजमा नोकियाले ल्याएको १०२० मोडलको स्मार्टफोनमा ४१ मेगापिक्सलको क्यामेरा रहेको छ। स्मार्टफोनको बजारमा प्रतिस्पर्धी सामसुङ र एप्पलका उत्पादन भन्दा उत्कृष्ठ फोटोग्राफिक अनुभव दिने यो फोनले महँगा फोनको सिरिजमा नोकियालाई उकास्ने आशा गरिएको छ।
01 41-megapixel Nokia Lumia 1020
यो ४१ मेगापिक्सलको क्यामेरा रहेको फोनले सामान्य क्यामेरा फोन र कम्प्याक्ट भनिने साधारण क्यामेराहरुले भन्दा धेरै राम्रो फोटो खिच्नसक्छ। धेरै पिक्सल अर्थात् धेरै राम्रो फोटो। यसले कम प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ।
02 41-megapixel Nokia Lumia 1020
नोकियाले यो नोकिया लुमिया १०२० ले मानिसहरुलाई मोबाइलको माध्यमबाटै धेरै राम्रा तस्विर खिच्न सक्ने बनाउने दाबी गरेको छ। यो मोबाइलमा एचडी १.२ मेगापिक्सलको वाइड एंगल फ्रन्ट क्यामेरा पनि छ।
03 41-megapixel Nokia Lumia 1020
यो फोनमा ४.५ इन्चको एमोएलइडी डिस्प्ले रहेको छ। जुन गोरिल्ला ग्लास ३ बाट बनेको हो।
04 41-megapixel Nokia Lumia 1020
नोकिया लुमिया १०२० मा ४१ मेगापिक्सल सेन्सर फिचर साथै ६ कार्लजेसिसका लेन्स छन्। साथै इमेज स्टेबलाइजेसनको सुविधा छ। कार्लजेसिस उत्कृष्ट लेन्स निर्माता हो भने इमेल इस्टेबलाइजरले सामान्य हात हल्लिँदा पनि राम्रो फोटो खिच्छ।
05 41-megapixel Nokia Lumia 1020
नोकियाले यो फोनलाई क्यामेराकै रुपमा पनि प्रस्तुत गरेको छ। उसले यो फोनसँग क्यामेरा ग्रीप पनि दिने बताएको छ। जसले फोनलाई क्यामेराको रुप दिन्छ।
06 41-megapixel Nokia Lumia 1020
नोकियाले दिने क्यामेरा ग्रीप प्रयोग गरेपछि फोन क्यामेराको रुपमा देखिने मात्र होइन फोटो खिच्नका लागि त्यसलाई ट्राइपोडमा पनि राख्न सकिन्छ।
07 41-megapixel Nokia Lumia 1020
यो फोन पंहेलो, सेतो र कालो गरेर तीन रंगमा उपलब्ध हुनेछ। ३२ जीबी आन्तरिक मेमोरी रहेको फोनका साथ नोकियाले ७ जीबी स्काइड्राइभ क्लाउड स्टोरेज पनि निशुल्क दिने बताएको छ। नोकिया लुमिया १०२० मा २००० एमएएचको ब्याट्री रहेको फोनमा वायरलेस चार्जिङ भने छैन। तर एउटा कभर लगाएपछि यसलाई वायरलेस चार्जरबाट पनि चार्ज गर्न सकिन्छ।
08 41-megapixel Nokia Lumia 1020
१.५ गीगाहर्जको ड्यूअलकोर स्न्यापड्रागन एस फोर प्रोसेसर र २ जीबी रयाम रहेको फोनमा अपरेटीङ सिस्टम वीण्डोज ८ रहेको छ। नोकिया लुमिया अमेरिकामा जुलाई २६ देखी सेवा प्रदायक एटीएण्डटी मार्फ २९९.९९ डलरमा दुर्इ वर्षको सम्झौतामा उपलब्ध हुनेछ। जुलाई पछिका तीन महिनामा विश्वका सबै प्रमुख बजारका उपभोक्ताका हातमा पुगिसक्नेछ।
09 41-megapixel Nokia Lumia 1020
नोकियाले यो फोन ल्याउनु अघि नै सामसुङले १० एक्स जुम र १६ मेगापिक्सलको क्यामेरा भएको फोन सामसुङ ग्यालेक्सी एस फोर जुम सार्वजनिक गरेको थियो। (विस्तृत यहाँ) पछिल्लो समय स्मार्टफोनहरुमा शक्तिशाली क्यामेराको खुबी जोडिन थालेपछि कम्प्याक्ट क्यामेराको बिक्रिमा कमी आउन थालेको छ।
 

No comments :

Post a Comment