.jpg)
बिन्दीया अनि फरिया लाउनिलाई मनपर्यो॥
#जस्लाई हेरे पनि उस्तै सजिएर बेहुली जस्तै, लजाएर मेरैसामु आउनिलाई मनपर्यो॥ बिन्दीया अनि फरिया लाउनिलाई मनपर्यो॥
#सुरिलो त्यो स्वरभित्र पिरतिको भाका बनाई, नजर जुधाई दिलैबाट गाउनिलाई मनपर्यो॥ बिन्दीया अनि फरिया लाउनिलाई मनपर्यो॥
#उनकै यादमा टोलाईरहने बानी पर्यो आजकल, लुकिछिपि मेरै बाटो धाउनिलाई मनपर्यो॥ बिन्दीया अनि फरिया लाउनिलाई मनपर्यो॥
@ लेखक : मदन पौडेल
No comments :
Post a Comment