तपाइँले कतै मोबाइल भेट्टाउनुभयो वा कसैले सस्तोमा बेच्न लागेको फोन लिएर चलाउने सोच बनाउनु भएको छ भने त्यो सोच तत्काल छोड्नुस्। अनि महँगो मोबाइल हरायो भने पनि फेला पार्ने आशा नमारी हाल्नुस्। किनभने नेपाल टेलिकमले मोबाइल हराउनेहरुलाई सजिलो बनाइदिने भएको छ।
टेलिकमले सञ्चालनमा ल्याउन लागिरहेको एककरोड जीएसएम मोबाइल लाइन अर्न्तगतको ४८ लाख लाइन मोबाइल वितरणसँगै हराएका तथा चोरी भएका मोबाइलहरु चलाउनै नमिल्ने बनाउन सकिने हुनेछ। टेलिकमले एककरोड मोबाइल लाइन विस्तारसँगै नयाँ नेटवर्कको विस्तार गरेपछि हराएको तथा चोरी भएको मोबाइल सेट बन्द गर्न सकिने सुविधा थपिने जनाएको छ। मोबाइल सेवा निर्देशनालयका अनुसार इक्यूपमेन्ट आइडेन्टीटी रजिस्टर (इआइआर) सेवा सञ्चालनमा ल्याएपछि हराएका तथा चोरी भएका मोबाइल सेट चलाउनै नसकिने गरेर बन्द गराउन सकिन्छ।
टेलिकमको नेटवर्कको मोबाइल चलाउने उपभोक्ताले यस खालको सेवा लिनका लागि मोबाइल सेट खरिद गरेको भ्याट बिल पेस गर्नुपर्नेछ। भ्याट बिल भएका मोबाइलका लागि मात्र यो सेवा सुरु गर्ने टेलिकमको तयारी छ। भ्याट तिरेर किनेका मोबाइल सेटको आइएमइआइ (इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेन्टीटी) नम्बर टेलिकमलाई उपलब्ध गराएपछि टेलिकमले त्यसैको आधारमा मोबाइल सेटलाई ब्लक गरिदिन्छ।
निर्देशनालयले यसखालको सेवा सुरु गर्नका लागिर् गहकार्य गरिरहेको जनाएको छ। महँगा फोनसेटको प्रयोगसँगै हराउने चोरी हुने घटनाहरु पनि बढिरहेका छन्। यसखालको सेवा सुरु भएपछि मोबाइल हराएर हैरान भएकालाई राहत मिल्ने देखिन्छ। आफूले चलाउन नसक्ने भएपछि हराएका फोन भेटिने तथा फेला पार्नेले सम्पर्क गरेर फिर्ता दिने सम्भावना पनि बढि हुनेछ।
निर्देशनालयले यसखालको सेवा सुरु गर्नका लागिर् गहकार्य गरिरहेको जनाएको छ। महँगा फोनसेटको प्रयोगसँगै हराउने चोरी हुने घटनाहरु पनि बढिरहेका छन्। यसखालको सेवा सुरु भएपछि मोबाइल हराएर हैरान भएकालाई राहत मिल्ने देखिन्छ। आफूले चलाउन नसक्ने भएपछि हराएका फोन भेटिने तथा फेला पार्नेले सम्पर्क गरेर फिर्ता दिने सम्भावना पनि बढि हुनेछ।
नीजि मोबाइल सेवा प्रदायक एनसेलले अहिले नै इआइआर मार्फत कुन मोबाइल कसले चलाइरहेको छ त्यसको जानकारी दिने सेवा दिइरहेको छ। सामसुङ मोबाइलको अधिकृत बिक्रेता आइएमएसले एनसेलसँगको सहकार्यमा आइएमइआइका आधारमा मोबाइल सेट प्रयोगकर्ताको जानकारी लिएर चोरी भएका मोबाइलको जानकारी हासिल गर्ने र कारवाही अगाडि बढाउने गरेको छ। आइएमएसले यसैको आधारमा सामसुङका महँगा मूल्यका मोबाइलमा चोरी तथा लुटिएको अवस्थामा बीमा सुविधा पनि दिएको छ।
इआइआर र आइएमइआइको माध्यमबाट मोबाइल प्रयोगकर्ताका बारेमा धेरै जानकारी लिन सकिन्छ। मोबाइल प्रयोगकर्ता रहेको ठाउँ देखी कुन मोबाइल सेटमा कुन नम्बर प्रयोग भएको छ सबै थाहा पाउन सकिन्छ। इआइआर र आइएमइआइको माध्यमबाट प्रयोगकर्ताको बारेमा धेरै जानकारी पाउन सकिने भएकाले यसबाट प्राप्त हुने जानकारी अपराध अनुसन्धानमा बाहेक अन्य अवस्थामा अनि नै गोप्य राखिन्छ। विभिन्न मुलुकमा व्यवसायिक लाभका लागि यसबाट प्राप्त हुने सूचनाहरु सेवा प्रदायकले ठूलो संख्यामा आफ्नो सेवा प्रयोग गर्ने कर्पोरेट हाउसलाई बाँढ्ने गरेको पनि पाइन्छ।
No comments :
Post a Comment