सन्जिब दाहाल रामेछापको खिम्ती बजार र आसपासका गाउँमा आज मध्य रातमा गएको बाढी र पहिराले सातजनाको ज्यान लिएको छ । मध्यरातमा खिम्ती बजार केन्द्रको खहरेसहित विभिन्न खोला र खहरेमा आएको भाससहितको बाढीले घर बगाउँदा सातजनाको निधन भएको हो ।
खिम्ती बजारकेन्द्रको घटनामा परी एकै परिवारका तीन जनाको निधन भएको छ भने एकजना बेपत्ता भएका छन् । घरले पुरिएर मृत्यु हुनेहरुमा रस्नालु– १ का ५५ वर्षीय भीमबहादुर तामाङ, उनकी ७५ वर्षीय आमा बुदुमाया तामाङ र श्रीमती ४५ वर्षीय बाटुलीमाया तामाङको पुरिएर मृत्यु भएको छ भने १३ वर्षीय छोरा ढल्के तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।सोही घटनामा परी रस्नालु– १ का हेमबहादुर तामाङ, महिमाला तामाङ, आइमाला तामाङ र गम्भीर घाइते भएको बताइएको छ । घाइतेलाई देवीटारस्थित अस्पतालमा उपचार गराइरहेको बताइएको छ ।

मृतक भीमबहादुर तामाङ परिवार खिम्ती बजारस्थित रामबहादुर बूढाथोकीको घरमा डेरा गरी बस्दै आएको र राती सुतिरहेको अवस्थामा आएको बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बिमल कँडेलले बताएका छन् ।
त्यस्तै खिम्ती गाविस गडा नम्बर ४ मा रहेको घर भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा शेरबहादुर थापाकी श्रीमती ५५ वर्षीय मिठू थापा, २३ वर्षीय छोरी स्वस्थानी थापा र १३ वर्षीय छोरा केदार थापा छन् । पहिरोले घर भत्काउन र पुर्न लागेपछि भाग्ने क्रममा माइला छोरा भरत थापा भने गम्भीर घाइते भएको उद्दारकार्यमा खटिएका नेपाली सेनाका क्याप्टेन पृथ्वी थापाले जानकारी दिए ।
वर्षाले घर भत्किएर खिम्ती गाविस ३, सुनुवारटोलकी ११ वर्षीय बालिका सीता सुनुवारको मृत्यु भएको छ । मृतक शेरबहादुर सुनुवारकी छोरी हुन् । घटनामा परी ज्यान गुमाउने सातै जनाको खिम्तीमै अस्थाई क्याम्प खडा गरी पोष्टमार्टम गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछपका प्रमुख डा. वासुदेव पाण्डेले बताए । उनले औषधि सहितको स्वास्थ्य टोली घटनास्थल पुगेको जानकारी दिए ।
सोमबार राती साढे छ बजेदेखि परेको निरन्तर वर्षाले ठूलो भलबाढी आई खिम्ती वडा नं. १ र २ को सीमाना खोलामा रहेको पक्कीपुल थुनिएर बाढी बजारमा पसेको र बाढीले ४ पक्की घरसहित अन्य ५ वटा पसल राखिएका घरटहरा भत्किएको स्थानीय कल्याणी थापाले बताइन् । उनले भनिन्, हामीलाई थप बाढीको त्रासले अझै सताइरहेको छ ।राती पानी पर्यो भने कहाँ गएर सुरक्षित हुने हो टुंगो छैन ।
बाढीमा परी रामबहादुर बूढाथोकी, कृष्णबहादुर बूढाथोकी, खिलबहादुर बूढाथोकी र उत्तम बूढाथोकीको पक्की घर बगाएको छ भने शेरबहादुर खड्का, वैकुण्ठ राजवंशी श्रेष्ठ, कृष्ण पोखरेल, शेरबहादुर थापाको घर पनि बाढीले बगाएको छ । मुख्य बजारमा पसेको लेदो सहितको बाढीले बजार तहसनहस भएको स्थानीयले बताएका छन् । त्यसैगरी भलबाढीमा परी खिम्ती बजारको बीचमा रहेको करिब ३० मिटर लम्बाईको रामेछाप–काठमाडौँ जोड्ने पक्की पुल पूर्णरुपमा क्षतविक्षत पारेको छ । पुल बगाएपछि सदरमुकामबाट रामेछापका अन्य गाविस र काठमाडौँ ओहोरदोहोर गर्ने यात्रीले सास्ती बेहोर्नु पर्ने अवस्था भएको छ । बाढीले गहिरोसँग सडकमा क्षति पुर्याएकाले यातायात सञ्चालन हुन अझै केही समय लाग्नसक्ने उद्योग वाणिज्य संघका पूर्व महासचिव श्याम थापाले बताए ।

खिम्ती– ४, स्थित खानेखोलामा आएको भलबाढीले खोलामा हालिएको कजवे बगाउँदा आवागमन गर्न कठिनाई भएको छ । सडक वारपार गर्नका लागि डोरी र बाँस टाँगेर जोखिमपूर्ण यात्रा गर्नुपरेको र दुबैतर्फ बाटो अवरुद्ध हुँदा सेना, प्रहरी र स्थानीयलाई उद्दार कार्य गर्न समेत कठिनाइ भएको बताइएको छ । पहिरोसँगै आएको बाढीले निर्माणाधीन खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रमुनि पहिरो जाँदा स्थानीय प्रहरी चौकी बसेको भवन, जनहित सहकारी संस्थाको पक्की भवनलगायत एक दर्जन घर जोखिममा परेको खिम्तीका पूर्व गाविस अध्यक्ष मुकुन्दप्रसाद कडरियाले बताए ।
पहिरोसहितको बाढीले खिम्ती १, २, ३ र ४ वडाका सयौँ रोपनी खेत र बारी बगर र भीरमा परिणत गरेको स्थानीयले बताएका छन् । बाढी पहिरोले कति क्षति भयो भन्ने विवरण आउन केही समय लाग्ने भएपनि तत्कालको वस्तुस्थिति हेर्दा करिब करोडौँ रुपियाँको क्षति भएको कडरियाले बताए ।
यसैबीच रामेछापका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले खिम्ती गाविसका सचिव केहरमान तामाङको संयोजकत्वमा स्थानीय राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघका प्रतिनिधिको सहितको समिति गठन गरी बाढीबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी जिल्ला दैवी प्रकोप उद्दार समितिको वैठकमा तत्काल पेश गर्न निर्देशन दिएका छन् ।

यो दर्दनाक घटनाका केहि तस्बिर यस्ता छन् :
![]() |
उद्दार गरि निकालिएका शब |
![]() |
उद्दार कार्य |
No comments :
Post a Comment