यदी तपाइँ सामसुङको ग्यालेक्सी सिरिजका मोबाइल चलाउनु हुन्छ भने तपाइँले सरर्क हुनुपर्छ। किनकी निरन्तर रुपमा सामसुङको ग्यालेक्सी सिरिजका फोनले प्रयोगकर्तालाई हानी पुरयाइरहेको समाचारहरु आइरहेका छन्। कोरियाली मोबाइल निर्माता सामसुङलाई विश्वबजारमा स्मार्टफोनका निम्ती नम्बर वान कम्पनी बनाउन योगदान दिएको ग्यालेक्सी सिरिजका फोनले पछिल्लो समय नकारात्मक समाचारका साथ चर्चामा ल्याइरहेको छ। पछिल्ला केही महिनामा सामसुङका लोकप्रिय उत्पादनहरु पड्केर मोबाइल प्रयोगकर्तालाई निक्कै गम्भिर प्रकृतिका हानी पुरयाइ रहेका छन्। केही समय अघि मात्र स्वीटजरल्याण्डमा सामसुङको ग्यालेक्सी एस थ्री मोबाइल पड्केर एक किशोरीको खुट्टामा नराम्रोसँग घाउ भएको समाचार आएको थियो।
सामसुङ ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले छोपेको डूको अपार्टमेन्टको आगो निभाउन अग्निनियन्त्रकलाई आधा घण्टा समय लागेको थियो। आगोबाट डू र उनकी श्रीमती उनीहरुको कुकुरका साथ जोगिन भने सफल भएका छन्। सामसुङ ग्यालेक्सी एस फोरबाट आगो उत्पन्न भएको यो नै पहिलो घटना भने होइन। यूएर्इकी एक महिलाले किनेको एक महिनामा नै ग्यालेक्सी एस फोर चार्ज गर्ने क्रममा आफै जलेको बताएकी थिइन। (समाचार हेर्नुहोस्)
ग्यालेक्सी एस फोरको कारण जलेको घरका मालिक डूले आफूले मोबाइलमा कुनै पनि सस्तो उपकरण नजोडेको बताएका छन्। उनले एक महिना अघि मात्र उक्त फोन किनेका थिए। फोनमा जोडेको चार्जर र ब्याट्री सामसुङ कै र सक्कली भएको ब्लगले उल्लेख गरेको छ। छोटो समयमा नै विश्वभर लोकप्रियता साथै नाम र दाम कमाएको कोरियन स्मार्टफोन उत्पादकको यो स्मार्टफोनले उपभोक्ता र प्रयोगकर्तालाई नयाँ नयाँ सुविधाले खुसी र हर्षा आँशु होइन कुनै पनि समय दुखको आँशु बगाइदिने खतरा पनि उत्पन्न भएको छ।
ग्यालेक्सीले जलाएको घरको तस्विरहरु हेर्नुहोस्
ग्यालेक्सीले जलाएको घरको तस्विरहरु हेर्नुहोस्
No comments :
Post a Comment