'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: यस्ता चुनाव चिन्ह पाउनेले कसरी माग्लान् भोट ?

Friday, August 9, 2013

यस्ता चुनाव चिन्ह पाउनेले कसरी माग्लान् भोट ?


 चुनावमा भोट माग्दा पार्टी र नेताहरुको भूमिका र इतिहाससँगै चुनाव चिन्हले पनि महत्वपूर्ण अर्थ राख्छ । गतिलो, खँदिलो र महत्वपूर्ण अर्थ बोकेको चुनाव चिन्हलाई नेता, कार्यकर्ताले उसैगरी आकर्षक ढंगले प्रचार गर्ने गर्छन् ।पार्टीकै झण्डासँग मिल्ने चुनाव चिन्ह पाउँदा उबेला माओवादीले युद्ध नै जिते झैं गरी प्रचार गरेको थियो । गोलाकारभित्रको हँसिया हथौडा चिन्हलाई उसले किसान-मजदूरको पार्टी भन्दै यसमा भोट दिन आग्रह गर्यो । कांग्रेसले आफ्नो चुनाव चिन्ह रुखलाई शीतलका बेला चाहिने पार्टी भन्दै प्रचार गर्यो । सूर्य चिन्ह पाउँदा एमालेले पनि उसैगरी कहिल्यै कसैले हराउन नसक्ने सूर्य भन्दै गर्व गर्यो ।
हलो चिन्ह भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले हरेक चुनावमा ‘हलो, सबैको भलो’ भन्ने नारा नै बनाउँछ । पहिलो संविधानसभा चुनावमा गाई चिन्ह पाउँदा राजतन्त्रवादी राप्रपा नेपालले आफूलाई गाईजस्तै शुद्ध बनाउने दाबी गर्‍यो । प्रायः सबै पार्टीहरुले आ-आफ्नो चुनाव चिन्हलाई अगाडि सारेर चुनावी अभियान तीव्र बनाउने प्रयास गरे । यसपटक निर्वाचन आयोगले नयाँ दललाई अनौठा अनौठा चुनाव चिन्ह दिएको छ । केही चुनाव चिन्ह हेर्दा लाग्छ, उनीहरुले चुनावमा यसको कसरी व्याख्या गर्लान् ! उदाहरणको लागि मंगोल नेशनल अर्गनाइजेशन पार्टीको चुनाव चिन्ह छ- कुखुराको भाले । अहिले बर्डफ्लुको संक्रमण भएका बेला उसले आफ्नो चुनाव चिन्हलाई के भनेर अर्थ लगाउला ? ‘बर्डफ्लुले अरु सखाप भए पनि जिउँदै रहेको भाले, बिहान-बिहान जगाउने भाले..’ यस्तै यस्तै भनेर नेताहरुले व्याख्या गर्लान् कि ?
अर्को रमाइलो चुनाव चिन्ह छ, पिछडा वर्ग निषाद दलित जनजाति पार्टीको । पार्टीको नामको अघिल्तिर पिछडा झुण्डिएको छ । र, चुनाव चिन्ह पनि पछाडि परेको र मन्द गतिको अर्थ दिने ‘कछुवा’ नै छ । यस्तै ओम सेना नेपाल नामको दलको चुनाव चिन्ह मुसा रहेको छ । मुसालाई कसैले पनि राम्रो मान्दैन । धान खाने मुसोलाई किसानले त झनै मन पराउने कुरै भएन । नयाँ नेपाल राष्ट्रिय पार्टीको चुनाव चिन्ह चाहिँ बोको छ । अरु केही दलका चुनाव चिन्ह पनि यस्तै रमाइला खालका छन् । नेपाली जनताको दलले पाङ्ग्रो चुनाव चिन्ह पाएको छ । तराई-मधेस लोकतान्त्रिक पार्टीको जोडा गोरु छ भने उसको जस्तै नाम भएको तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले लट्ठी लिएको पुरुष चुनाव चिन्ह पाएको छ ।
संघीय समाजवादी पार्टीको राजहाँस, नवनेपाल निर्माण पार्टीको खरायो, राष्ट्रिय यथार्थवादी पार्टीको डाँफे, जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्सको गोरुगाडा, राष्ट्रिय विकास पार्टीको हात्ती, नेपाल समावेशी पार्टीको सुगा, सोसल रिपब्लिक पार्टीको सलाईको बट्टा चुनाव चिन्ह छ । यस्तै विश्व सत्यवादी पार्टीको सर्प, गरिब जनताको क्रान्ति पार्टीको मकैको घोगा, मातृभूमी नेपाल दलको गाग्रो बोकेकी महिला, देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चाको तिनपात, संयुक्त जनमोर्चाको भरिया, नेपालआमा पार्टीको आमाको काखमा बच्चा, नेपाल मधेसी जनतादल समाजवादीको ढोका, लोकदलको लुगा सिउने कल, राष्ट्रिय एकता पार्टीको गदा, लिवर डेमोक्रेटिक पार्टीको दमाहा, नेपाल युवा किसान पार्टीको केरा, युनाइटेड गि्रन अर्गनाइजेसनको ऊँट, नेपाली जनता पार्टीको कमिला, नेकपा मालेमा साम्यवादीको बञ्चरो, नेपाल श्रमजीवि दलको ओदान र राष्ट्रिय चुरे भावर पार्टीको चप्पल चुनाव चिन्ह छन् ।
एमालेको सूर्य, कांग्रेसको रुख, एकीकृत माओवादीको गोलाकारभित्रको हँसिया हथौडा जस्तो माथिका यी चुनाव चिन्ह त्यति धेरै ओजपूर्ण नभएकाले चुनावी प्रचारमा सजिलो हुँदैन । तैपनि पार्टीहरुले एकएक अर्थ लगाएर आफ्नो बढाइ-चढाइ गर्न यी दलहरु बाध्य छन् ।

No comments :

Post a Comment