सामाजिक सञ्जाल, पछिल्लो समय इन्टरनेटको पयार्यको रुपमा यसको प्रयोग हुँदै आएको छ। मानिसहरु घर तथा कार्यालयमा रहेको इन्टरनेटको कनेक्सन जाँच्नका लागि पनि सामाजिक सञ्जाल खोल्ने गर्दछन्। जस्तै की फेसबुक। किनभने सामाजिक सञ्जालसँग मानिसहरु नजिक छन् अनि यस्ता वेबसाइट छिटो खुल्छन् अन्य वेबसाइटको तुलनामा। फेसबुक, ट्वीटरको विश्वव्यापी सफलता पनि विभिन्न देश तथा क्षेत्रमा क्षेत्रियता र राष्ट्रियतालाई लिएर सामाजिक सञ्जाल बनाउने क्रम पनि चलेको छ। त्यसो त धार्मिक विश्वासका आधारमा मुस्लिमहरुको सामाजिक सञ्जाल र सर्च इन्जिन नै फरक छ।
यस्तो खालको सामाजिक सञ्जालको सोच र विकाससँगै आर्थिक रुपमा पनि ती सामाजिक सञ्जाल सफल हुँदै गएका छन्। जसले गर्दा विभिन्न भाषा, क्षेत्र र देशमा नयाँ नयाँ जुकरबर्गहरु जन्मिरहेका छन्। यसरी जुकबर्गको सपना देख्ने र सामाजिक सञ्जालमा समय र अर्थको लगानी गर्नेहरु मध्येका एक इटालीका नागरिकले आफ्नो देशमा सफलता पनि पाएका छन्। जसलाई इटालियन जुकरबर्ग पनि भनिन्छ। ति हुन् मातायो ओकिली। जसका बारेमा इटालीको आर्थिक म्यागाजिन पानोरामा इकोनोमीले कभर पेज स्टोरी तयार पारेको छ।

२१ वर्षको उमेरमा सामाजिक सञ्जालबाट राम्रो नाम र दाम कमाउन सफल मातायो ओकिलीको उत्तरी रोमको फोरमेल्लोमा रहेको कार्यालय साथै उनको दैनिकी समेटेर म्यागाजिनले स्टोरी तयार पारेको छ। ओकिलीले चलाउने सामाजिक सञ्जालले विभिन्न कम्पनीहरुलाई अवसर खोजिरहेका स्नातकसँग जोड्ने काम गर्छ।

आफ्नो बारेमा कभर पेज स्टोरी तयार पारेको म्यागेजिनको कभर फोटोसँगै पोज दिँदै मातायो ओकिली।

रोमका सडकमा यसरी स्कुटर चढेर हिँड्छन् उनी।

उनले यो सामाजिक सञ्जाल सन् २०१२ को फेब्रुअरीमा खोलेका हुन्। सुरुमा यसमा एकलाख प्रयोगकर्ता र ६ सय वहुराष्ट्रिय कम्पनी आबद्ध थिए। ओकिलीको दैनिकी पनि क्याजुअल छ। मार्क जुकरबर्गको जस्तै। र्सट, पाइन्टमा ठाँटिएर ल्यापटपमा खेलिरहेका हुन्छन्।

No comments :
Post a Comment