'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: भट्टीमा छु यति बेला, उन्को पारा देखे पछी

Friday, August 2, 2013

भट्टीमा छु यति बेला, उन्को पारा देखे पछी

भट्टीमा छु यति बेला, उन्को पारा देखे पछी !
बद्लिएर म माथिको, अभिभारा देखे पछी !!

त्यसैले त जलाउदै छु, देख्दा सधै रुवाउने
उन्कै नामको चिनो फोटो, पत्र सारा देखे पछी !!

न सोच्नु यो जिन्दगी हो, बनावटी गाउँलेको
आत्मा कथा पढ्नु आफ्नै, अश्रु धारा देखे पछी !!

एउटा तेस्तो प्रेमी हो त्यो, अभागी कै आशु हो यो
जान्नेहरु भन्ने गर्छन्, फेवा रारा देखे पछी !!

झिनो आसा बाँकी थिए, सपनाको घर ढल्दा
फेरी रोए जिन्दगीको, जिर्ण गार्हा देखे पछी !!

रोए पनि खुशी सधै, उन्कै लागि माग्ने गर्छु
चम्किलो त्यो आकाशमा, एउटा तारा देखे पछी !

No comments :

Post a Comment