'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: साइबर क्याफे भएकाले ध्यान दिनुस्

Friday, August 2, 2013

साइबर क्याफे भएकाले ध्यान दिनुस्


इन्टरनेटको सञ्जालमा नजोडिने शहरी जनसंख्या निक्कै कम छ। सामाजिक सञ्जालमा समय बिताउने देखी लिएर अध्ययन अनुसन्धानका लागि इन्टरनेटमा भएका सामग्रीको खोजी गर्ने सबैका लागि आवश्यक भइसकेको छ इन्टरनेट। इन्टरनेटमा रहेका विभिन्न वेबसाइटहरु अध्ययन देखी मनोरञ्जन र नयाँ नयाँ सूचनाका बारेमा जानकारी दिइरहन्छन्। जसले दैनिकीको महत्वपूर्ण र अधिकतम हिस्सा खाइरहेको हुन्छ। त्यसमा पनि रोजगारी तथा अध्ययनका सिलसिलामा विदेश गएका आफन्तहरुसँगको कुराकानी चिठीचपेटाको माध्यम नै इमेल र इन्टरनेट हो। त्यसलाई प्रयोग गर्ने स्थल हो साइबर क्याफे। राजधानी काठमाडौं वा देशका अन्य क्षेत्रमा पनि सजिलो र सस्तो इन्टरनेट चलाउने स्थान पनि हो। त्यसो त सहज रुपमा गर्न सकिने सानो आकारको व्यवसाय पनि हो साइबर क्याफे। सूचनाको राजमार्गमा मानिसहरुलाई आबद्ध गराउने यो व्यवसाय जति सजिलो देखिन्छ लाग्छ त्यति छैन। इन्टरनेटमा रहेको शक्तिका कारण साइबर सञ्चालन गर्नेहरुले त्यसको दुरुपयोग नहोस् भन्नेमा पनि ध्यान दिनुपर्छ।
पछिल्ला समयमा इन्टरनेटसँग जोडिएका धेरै अपराधका मामलाहरु देखिइरहेका छन्। सार्वजनिक अपराध मात्र होइन साइबर अपराधका क्रियाकलाप नियन्त्रण गर्नका लागि इन्टरनेट र साइबर क्याफे नियमन आवश्यक भइसकेको छ। यस खालको अवस्थामा दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आइएसपी) र साइबर क्याफे तथा सूचना केन्द्र सञ्चालकले पालन गर्नुपर्ने आचार संहिता जारि गरेको छ। जसमा यस भन्दा अगाडि गृह मन्त्रालय र प्राधिकरण स्वयंले विद्युतिय कारोबार ऐनको प्रावधानहरु समेटेर जारी गरेको सूचनामा भएका कुराहरु नै समेटिएका छन्। प्राधिकरणले इन्टरनेट इमेल सेवा सञ्चालकले ग्राहकहरुलाई इन्टरनेट सेवा बिक्रि गर्दा ग्राहकसँग गर्ने सम्झौताका शर्तहरुका अतिरिक्त साइबर क्याफे वा सूचना केन्द्र सञ्चालन गर्न चाहने व्यक्तिसँग सम्झौता गर्दा समावेश गर्नुपर्ने थप विषयहरु भनेर आचारसंहिता सार्वजनिक गरेको हो।
प्राधिकरणले जारी गरेको आचारसंहिताः
१. साइबर क्याफे वा सूचना केन्द्र सञ्चालन गर्नु पर्ूव सेवा सञ्चालकले प्रचलित कानुन बमोजिम दर्ता गरी त्यस्ता कानुनले तोकेका व्यवस्थाको पालना गर्नुपर्नेछ।
२. साइबर क्याफे वा सूचना केन्द्र सञ्चालकले सेवा उपलब्ध गराए बापत उपभोक्ताबाट रकम असुल गरेपछि अनिवार्य रुपमा बिल बनाइ ग्राहकसँग लिएको रकमको रसिद ग्राहकलाई दिनुपर्नेछ।
३. साइबर क्याफे वा सूचना केन्द्रले आफूले सेवा सञ्चालन गरेको स्थान परिवर्तन गर्नुपरेमा वा सञ्चालकहरु परिवर्तन भएमा त्यसको सम्पूर्ण विवरण सम्बन्धित सम्पूर्ण निकाय (दर्ता गरेका)हरुमा जानकारी दिनुपर्नेछ।
४. साइबर क्याफे वा सूचना केन्द्रले आफ्नो केन्द्रमा ग्राहकले पालना गर्नुपर्ने अनुशासन लगायतका विषयमा जनचेतनामुलक सन्देशहरु राख्नुपर्नेछ।
५. ग्राहकले आफूले प्रयोग गरेको सेवाको बारेमा जान्न चाहेमा साइबर क्याफे वा सूचना केन्द्रले त्यस्तो सूचना उपलब्ध गराउनुपर्नेछ।
६. साइबर क्याफे वा सूचना केन्द्रले आफ्ना ग्राहकको परिचय पत्र (नागरिकता, सवारी चालक अनुमतिपत्र, विद्यार्थी परिचय पत्र) हेरेर सेवा प्रयोग गराउने र सो प्रयोग गरेको लगबुक राख्नु पर्नेछ।
७. सुरक्षा निकायले माग गरेको अवस्थामा साइबर क्याफे वा सूचना केन्द्रले त्यस्तो लगबुक उपलब्ध गराउनुपर्नेछ। र अन्य अवस्थामा त्यस्तो विवरण गोप्य राख्नुपर्नेछ।
८. साइबर क्याफे वा सूचना केन्द्रले ग्राहकसँग लिने महशुल दर सबैले देखिने गरि राख्नुपर्नेछ।
९. साइबर क्याफे वा सूचना केन्द्रले आइएसपी -इन्टरनेट सेवा प्रदायक)सँग लिएको इन्टरनेटको स्पिड -ब्याण्डवीथ) साथै ब्याण्डवीथ सेयर गरेको कम्प्युटरसँख्या प्रस्टसँग सबैले देख्नेगरी राख्नुपर्नेछ।
१०. साइबर क्याफे वा सूचना केन्द्र र ग्राहक बीच सेवा सम्बन्धमा विवाद परेमा आपसी छलफलबाट विवादको समाधान गर्ने प्रयास साइबर क्याफे वा सूचना केन्द्रले गर्नुपर्दछ।
११. जुनसुकै प्रयोजनको लागि लिएको इन्टरनेट -इमेल) सेवा भए पनि प्रचलित कानुनले निषेध गरेका कृयाकलाप गर्न पाइने छैन र अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकको सेवा मात्र प्रयोग गर्नुपर्नेछ।
१२. साइबर क्याफे वा सूचना केन्द्रले सम्बन्धित सेवा प्रदायकले समय समयमा जारी गरेको निर्देशनको पालना गर्नु सम्बन्धित साइबर क्याफे वा सूचना केन्द्रको कर्तव्य हुनेछ।
 

No comments :

Post a Comment