स्मार्टफोन, आमबात बनिसकेको छ युवा पुस्ताका लागि। चाहेको सफ्टवेयर राख्न सकिने अनि त्यसमा पनि विभिन्न अनौठा सुविधा हुन थालेपछि युवा वर्गमा यसको क्रेज निक्कै बढिरहेको छ। यतिखेर सबै स्मार्ट फोन औंलाले छोएर चल्ने बनेका छन्। स्मार्ट फोन स्क्रिनटच पनि नभए त कसरी पो स्मार्ट हुने? त्यसैले सबै जसो स्मार्टफोन टचस्क्रिन नै छन्। मोबाइल फोन मात्र होइन दैनिक प्रयोगको साधन बनेको ट्याब्लेट र टीभी पनि टचस्क्रिन बन्न थालेका छन्। जसले विस्तारै किबोर्ड चलाउन पनि बिर्सने होला जस्तो हुन लागिसकेको छ। टचस्क्रिन मोबाइलका डिस्प्लेमा जति सजिलै औंला रिंगाएर अक्षर तथा अंका टाइप गर्न सकिन्छ त्यति नै यसमा दाग पनि लाग्छ। त्यसो त यो फोहोर पनि हुन्छ। त्यसैले यसको प्रयोगले बनाएको सजिलोलाई मनन गर्दै यसको सुरक्षा र सफाइमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ। यदी काम गरिरहेको वा हात फोहर भएको समयमा मोबाइल चलाएको खण्डमा त्यसमा सामानय फोहर लाग्नु त सामान्य हो। तर यसले फोनलाई भने कुरुप नै पार्छ। स्क्रिनमा लागेको दाग सामान्य खालको भए छ पुछेर सफा गर्न सकिन्छ तर फोहर र कोरिने खालको नै अवस्था आयो भने त त्यसलाई नदेखिने बनाउन निक्कै धामा हुन्छ। स्मार्टफोन जत्ति नै स्मार्ट भएपनि यदी त्यसको स्क्रिनमा फोहर वा धब्बा लागेको छ भने त्यसले सही ढंगमा काम गर्न सक्दैन।
त्यसैले जरुरी छ स्मार्टफोनको स्क्रिनलाई सफा र दुरुस्त राख्नु। समय समयमा यसको स्क्रिनमा लागेको दाग धब्बा साथै औंलाका डामहरुलाई हटाउनु पर्छ। काम गर्दा वा गोजीमा राखेको अवस्थामा पनि हातमा पसिना उत्पन्न भएको हुनसक्छ। त्यसमा पनि नेपालमा धेरै नै धुलोको समस्या छ। जसका कारण मोबाइल र त्यसको स्क्रिन फोहर लाग्नबाट जोगिन पनि सकेको हुँदैन। त्यसैले स्मार्टफोन बोक्नेहरुले समय समयमा यसको स्क्रिन सफा भने गरिरहनुपर्छ। त्यसका लागि निम्न विधि अपनाउन सकिन्छ।
माइक्रोफाइबरको कपडा
स्मार्टफोन बोक्नेहरुले आफ्नो साथमा सदैव माइक्रोफाइबरको कपडा राख्नुपर्छ। जसले मोबाइलको स्क्रिन सफा गर्दा स्क्रिनमा धब्बा वा कोरिने समस्या हुँदैन। किनभने यो कपडा निक्कै नै मुलायम हुन्छ। मोबाइल किनिसकेपछि त्यसको स्क्रिनमा स्क्रिन गार्ड टाँस्दा खेरी नै पसलेसँग यसखालको कपडा माग्न सक्नुहुन्छ। यो खालको कपडा चश्मा सफा गर्नका लागि पनि प्रयोग हुन्छ किनभने यसमा सामान्य कपडामा भन्दा मुलायम रेशाहरु हुन्छन्।
स्क्रिनलाई नदबाउने
तपाँइको स्मार्टफोन स्क्रिनमा छोएर चल्छ। मतलब स्क्रिनमा छुनासाथ त्यहाँ देखिएको एप्लिकेसन खुल्छ। यसले के जनाउँछ भने स्क्रिनमा विशेष खालको उपकरण जोडिएको छ जसले छुनासाथ काम गर्छ। त्यसो भएकाले तपाइँले मोबाइल सफा गर्दा त्यसको स्क्रिनमा दबाब पर्ने गरि हात चलाउनु हुँदैन। कुनै धब्बा वा दाग सहजै नगएको खण्डमा त्यसलाई सफा गर्नका लागि कपडा रगड्नु भन्दा पनि बजारमा पाइने स्प्रिट जस्ता रसायनिक झोलहरु प्रयोग गर्नुपर्छ। जसले सहजै धब्बा र टाँसिएर रहेका फोहरहरु हटाउन सकिन्छ।
गोलाकार चलाउनुस् हात
स्क्रिनको सफाइ गरिरहँदा तपाइँको हातको चाल गोलाकार हुनुपर्दछ। स्क्रिनलाई तलबाट माथि वा माथिबाट तल गरेर सफा गर्दा स्क्रिन सफा गर्नका लागि प्रयोग गरेको तरल पदार्थ भित्र छिर्न सक्दछ। त्यसैले कपडा हलुकासँग स्क्रिनमा गोलाकार चालमा सफा गर्नुपर्दछ।
No comments :
Post a Comment