सामाजिक सञ्जाल फेसबुक यसकारण पनि लोकप्रिय छ कि यसमा मनलागे जति फोटोहरु राख्न सकिन्छ। धेरैले त यसको प्रयोग साथीभाई बीच फोटोहरु सेयर गर्नका लागि नै प्रयोग गरेका हुन्छन्। हुन पनि धेरै फोटो सित्तैमा राख्न सकिन्छ त्यो पनि व्यवस्थित गरेर। डिजिटल एल्बम पनि हो फेसबुक। फोटोको कारण नै फेसबुक फेसबुक भएको छ वास्तवमा।
फेसबुकमा फोटो राख्न वा फेसबुक चलाउन सिधै पैसा भने लाग्दैन। तर इन्टरनेट चलाउनका लागि भने लाग्छ। बेलायतकी एउटी किशोरीलाई यस्तै भयो। अमेरिकामा छुटि्ट मनाउन गएकी उनले फेसबुक चलाएको र त्यसमा अपलोड गरेको फोटो बापत नै उनले पाँच लाख भन्दा बढी बिल तिर्नुपरयो। १४ वर्षीया वेलायती स्कुले विद्यार्थी केसी स्नुक अमेरिकाको न्यूओर्कमा छुटि्टको समयमा घुम्न गएकको समयमा आफ्नो आइफोनमा चलाएको फेसबुक र अपलोड गरेको फोटो बापत उनको बिल मात्र तीनहजार आठसय पाउण्ड आएको छ। जुन नेपाली रुपैंयामा पाँचलाख ५० हजार भन्दा पनि धेरै हो। छुटि्टमा अमेरिका घुम्न गएकी उनले त्यहाँका टाइम स्क्वायर देखी सेन्ट्रल पार्क सम्मका सबै फोटोहरु क्रमैसँग फेसबुकमा अपलोड गर्दै गइन। त्यसबापत उनले मोबाइल सेवा लिएको कम्पनी अरेन्जले उनको बुबाको बैंकखाताबाट उक्त रकम डाटा रोमिङका लागि भनेर काट्यो।
फेसबुक चलाएको मात्र यत्रो बिल आएपछि स्कुन परिवार नै बिरामी भएको डेली मेलले समाचार लेखेको छ। साधारणतया ५० पाउण्ड मासिक बिल आउने फोनमा यति धेरै रकमको बिल आएपछि आमा केट स्नुक त मोबाइल सेवा प्रदायक ओरेन्जलाई नै मुद्धा हाल्ने तयारीमा छिन्। तर ओरेन्जले भने विदेशमा जाँदा प्रयोग हुने इन्टरनेट सेवा अर्थात् डाटा रोमिङ बापतको शुल्क लागेको भन्दै पटक पटक एसएमएसबाट फोन प्रयोगकर्तालाई सचेत बनाएको जनाएको छ।
डाटा रोमिङ भनेको कुनै पनि देशका मोबाइल सेवा लिएका उपभोक्ताले विदेश यात्रामा पनि आफ्नै मोबाइलमा इन्टरनेट चलाउन सक्ने सुविधा हो। जसको शुल्क आफ्नो सेवा प्रदायक कम्पनीलाई स्वदेशी मुद्रामा नै तिर्न सकिन्छ।
No comments :
Post a Comment