सामसुङले ग्यालेक्सी एस फोर पछि सानो आकारमा त्यसको जस्तै सुविधा भएको अर्को स्मार्टफोन पनि सार्वजनिक गरेको छ। जसमा ग्यालेक्सी एस फोरमा जस्तै केही सुविधा रहेका छन्। विशेष गरेर मूल्यको कारण ग्यालेक्सी एस फोर किन्न नसक्नेहरुका लागि यो फोन लक्षित देखिन्छ। भारत सहितका एशियाली मुलुक जहाँ कम मूल्यका स्मार्टफोनको राम्रो बजार छ त्यसका लागि सामसुङले यो फोन ल्याउन लागेको उसले भनेको दुई खालको संस्करणमा सार्वजनिक गरेको छ।
ग्यालेक्सी एस फोर भन्दा धेरै कम मूल्य २८ हजार पाँचसयमा उपलब्ध हुने ग्यालेक्सी कोरमा ४.३ इन्चको डब्लुभीजीए टीएफटी स्क्रिन रहेको छ।

यसमा १.२ गीगाहर्जको प्रोसेसर रहेको स्मार्टफोनमा ४.१ जेलीबीन अपरेटिङ सिस्टम रहेको छ।

पाँच मेगापिक्सलको क्यामेरा र एलइडी फ्ल्यास रहेको मोबाइलको अघिल्लो भागमा भीजीए क्यामेरा रहेको छ।

यसमा आठ जीबीको आन्तरिक मेमोरी रहेको छ भने माइक्रो यूएसबी मार्फत मेमोरीलाई ६४ जीबी सम्म बढाउन सकिन्छ।

वाइफाइ, ब्लूटूथ, यूएसबी, माइक्रो यूएसबी लगायतका सुविधा रहेको यो फोनमा १८०० एमएएचको ब्याट्री रहेको छ।

यो फोनमा ग्यालेक्सी एस फोरमा जस्तै गरेर स्मार्ट स्टे अर्थात् आँखाले मोबाइलमा नहेरेको समयमा स्क्रिन बन्द हुने सुविधा रहेको छ। मानिसले फोनमा हेर्दा मात्र फोन चल्छ आँखा दायाँ बायाँ गरेपछि फोन बन्द हुन्छ। यसमा रहेको स्मार्ट अलर्टले एसएमएस वा मिस्डकलको बारेमा जानकारी दिने सुविधा छ भने एस फोरमा जस्तै मोसन यूआइ छ जसको कारण मोबाइल प्रयोगकर्ताले फोन हल्लाएर रिफ्रेस वा आवाज बन्द (म्यूट) गराउन सक्छन्।
यो फोनमा ग्यालेक्सी एस फोरमा जस्तो फोर जी नेटवर्कको सुविधा नभएपनि थ्रीजी र बजार हेरेर दुईसीम लाग्ने संस्करणमा आउनेछ। यसको मूल्य २८ हजार पाँचसय रहेको छ।
यसमा १.२ गीगाहर्जको प्रोसेसर रहेको स्मार्टफोनमा ४.१ जेलीबीन अपरेटिङ सिस्टम रहेको छ।
पाँच मेगापिक्सलको क्यामेरा र एलइडी फ्ल्यास रहेको मोबाइलको अघिल्लो भागमा भीजीए क्यामेरा रहेको छ।
यसमा आठ जीबीको आन्तरिक मेमोरी रहेको छ भने माइक्रो यूएसबी मार्फत मेमोरीलाई ६४ जीबी सम्म बढाउन सकिन्छ।
वाइफाइ, ब्लूटूथ, यूएसबी, माइक्रो यूएसबी लगायतका सुविधा रहेको यो फोनमा १८०० एमएएचको ब्याट्री रहेको छ।
यो फोनमा ग्यालेक्सी एस फोरमा जस्तै गरेर स्मार्ट स्टे अर्थात् आँखाले मोबाइलमा नहेरेको समयमा स्क्रिन बन्द हुने सुविधा रहेको छ। मानिसले फोनमा हेर्दा मात्र फोन चल्छ आँखा दायाँ बायाँ गरेपछि फोन बन्द हुन्छ। यसमा रहेको स्मार्ट अलर्टले एसएमएस वा मिस्डकलको बारेमा जानकारी दिने सुविधा छ भने एस फोरमा जस्तै मोसन यूआइ छ जसको कारण मोबाइल प्रयोगकर्ताले फोन हल्लाएर रिफ्रेस वा आवाज बन्द (म्यूट) गराउन सक्छन्।
No comments :
Post a Comment