'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: कफीले आत्महत्या घटाउँछ

Wednesday, August 7, 2013

कफीले आत्महत्या घटाउँछ


एक नयाँ अध्ययनले कफीको नियमित
सेवनले मानिसहरुमा आत्महत्याको खतरा कम हुने तथ्य पत्ता लगाएको छ । अमेरिकाको हार्वड स्कुल अफ पब्लिक साइन्सका शोधकर्ताहरुले गरेको अध्ययनले दिनमा २ देखि ४ कप सम्म कफी पिउनाले महिला तथा पुरुषमा आत्महत्याको खतरा ५० प्रतिशतले घट्ने निष्कर्ष निकालेको हो ।
२० हजार जना महिला तथा पुरुषमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अध्ययनका क्रममा समावेश गरिएका मानिसहरुमा उनीहरुको कफी तथा चिया, चकलेट र अन्य क्याफिन तत्व भएका सफ्ट डि्रंक्स पिउने मात्रा तथा दरको विषयमा तथ्य संकलन गरियो । यस क्रममा दिनमा प्रसस्त कफी पिउने मानिसहरुमध्ये केवल २७७ जनाले मात्र आत्महत्या गरेको पाइयो ।
शोधकर्ताहरुका अनुसार क्याफिनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा उत्प्रेरणा बढाउनुका साथै डिप्रेसन घटाउने तत्वको काम गर्छ । जसका कारण मानिसमा सुखानुभुति गराउने तत्व जस्तै सेरोटोनिन, डोपामाइन र नोराड्रेनलाइन लगायतको उत्सर्जन मस्तिष्कले गर्दछ । यसले मानिसमा तनाव, चिन्ता तथा डिप्रेसनको समस्या घटाउने र आत्महत्याको सोँचलाई हटाउन सहयोग पूराउँछ ।
यद्यपि कफीले डिप्रेसन घटाउन सहयोग गर्छ भन्दैमा दिनमा ४ कप भन्दा बढि कफी खानु भने राम्रो नहुने सुझाव सोधकर्ताहरुको छ । स्मरण रहोस् केही वर्षअघि फिनल्याण्डमा गरिएको एक अध्ययनले दिनमा ८ कप भन्दा बढि कफी पिउने मानिसमा आत्महत्याको खतरा बढि हुने देखाएको थियो ।

No comments :

Post a Comment