'http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js BIDUR BHANDARI: पल्लो घरमा ।

Tuesday, April 22, 2014

पल्लो घरमा ।

फलानो र ढिस्को भनि बाजाबाझ छ पल्लो घरमा ।
दाजु भाईको अंश बन्डा साजासाझ छ पल्लो घरमा ।

जेठानीले, देउरानीलाई बुहारीले, जेठाजुलाई,
आरोप लगाई मन्को मैलो माजामाझ छ पल्लो घरमा ।

यस्तै हुन्छ दाजुभाईमा जुटनु पर्ने फुटे पछि,
छिमेकिले कुरा लगाई भाजाभाझ छ पल्लो घरमा ।

हिजो मात्रै बुहारीले सासु चै लाई भुतेलीन रे ,
आज गाउभर उन्कै कुरा लाजालाज छ पल्लो घरमा ।

बिदुर भण्डारी 'प्रेमी'
bidurbha@gmail.com
#bidur

No comments :

Post a Comment